केन्ट (बेलायत) । बेलायत र नेपाललाई बराबर आफ्नो कर्मथलो बनाइरहेकी सर्जक जानुका राईका तीन कृति बेलायतमा शनिबार एकैसाथ सार्वजनिक भएको छ । कार्यक्रममा गीति एल्बमहरु ‘समय’, ‘सन्दर्भ’ र गीति संग्रह ‘आमा’ सार्वजनिक गरिएको हो ।
कार्यक्रममा खोटाङ् समाज यूकेका अध्यक्ष रिटायर्ड क्याप्टेन भूपजीत राईको प्रमुख आतिथ्य थियो भने भीमु मेमोरियल ट्रष्टका संस्थापक शिव कुमार राई, सगरमाथा गोर्खा नेपाली समाज आसफोर्डका अध्यक्ष चक्र साम्पाङ् राई, खामभाषी मगर समाज युकेका अध्यक्ष हिकमतसिङ् रोका, समाजसेवी रिटायर्ड क्याप्टेन दिल कुमार राई, सुमनचन्द्र राई, नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष नरेश खपाङ्गी मगर, शान्ता गौचन, गीतकार ईश्वर चाम्लिङ् साथै अन्य समाजसेवी तथा साहित्यकारहरुको पनि उपस्थिति थियो ।
कार्यक्रमको अध्यक्षता भिमु मेमोरियल ट्रष्टका संस्थापक अध्यक्ष जानुका राईले गरेकी थिइन् ।
अतिथिहरुको आसन ग्रहणपछि भिमु मेमोरियल ट्रष्टका संस्थापक शिव कुमार राईले स्वागत मन्तब्य दिएका थिए । तत्पश्चात अतिथिहरुले सामूहिक रुपमा दीप प्रज्वलन गरेपछि कार्यक्रम सुरुवात भएको थियो ।
कार्यक्रमको पहिलो सत्रमा सर्जकको कृतिहरु ‘समय’, ‘सन्दर्भ’ र ‘आमा’ लाई अतिथिहरुको बाहुलीबाट सामूहिक रुपमा लोकार्पण साथै सोही एल्वमका चार म्यूजिक भिडियोहरु धर्तीको जन्म, सुम्निमा, सौहार्ध भावना र परदेशी चेलीको कथालाई पनि बजाएर संगै सार्वजनिक गरिएको थियो ।
लोकार्पित गीत संग्रहमा ८६ वटा गीत अटाएका छन् भने एल्बम समयमा ५ गीतहरु क्रमशः आमा, सौहार्ध भावना, हुरुरु, प्रकृतिकी छोरी रहेका छन् । यस एल्वममा सुरेश अधिकारीको संगीत छ । अर्को एल्बम सन्दर्भमा ६ गीतहरु क्रमशः गरिबीको भारी, लण्डन शहर, माझी दाई, बालापन, पिरतीको रङ्ग, आकाशको जुन र नयां वर्ष रहेका छन् । उक्त एल्वममा जितेन राई, रोशनराज गुरुङ, वीरचन्द्र राई (बिसी) वसन्त मुकारुङ, गङ्गाराज राईको संगीत छ ।
सर्जकले यो भन्दा पहिले बि. स. २०६९ सालमा पहिलो कृति धर्तीको जन्म र समर्पण निकालेकी थिइन् । जानुकाले कर्मभूमी ब्रुनाईमा प्रवासी नेपाली साहित्य समाजको सक्रियतामा सार्वजनिक गरेर आफूलाई कवि तथा गीतकारको रुपमा परिचित गराइसकेकी थिइन् ।
सर्जक जानुका राईले आजको कार्यक्रम अरु कार्यक्रम भन्दा अलि पृथक भएको जानकारी गराउंदै यस कार्यक्रमको आयोजक ‘भिमु मेमोरियल ट्रष्ट’ का बारेमा प्रष्टयाएकी थिइन् । सर्जकले आफ्ना सासु–ससुरा र बाबा–आमाहरुलाई सम्झंदै उनीहरुले बुझेर सहयोग गरेकाले आज यो अवस्थामा आफू आइपुगेको बताइन् ।
कार्यक्रमको दोस्रो सत्रमा शुभकामना मन्तब्य दिने क्रममा पैसाको भन्दा समयको धेरै महत्व भएको ठाउंमा बसेर यति धेरै कृति जन्माउनु भनेको पक्कै धेरै समय खर्चिनु भएको हो भन्दै नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष नरेश खपाङ्गीले सर्जकलाई शुभकामना दिए । साथै, किरांत राई यायोख्खाका उपाध्यक्ष तथा खोटाङ समाज यूकेका अध्यक्ष रिटायर्ड क्याप्टेन भुपजीत राई, किरात राई सांस्कृतिक संघ बेलायतका अध्यक्ष हेम कुमार राई, खामभाषी मगर समाज युकेका अध्यक्ष हिकमत सिङ रोका, सगरमाथा गोर्खा नेपाली समाज आसफोर्डका अध्यक्ष चक्र साम्पाङ राई, संगीतकार तथा कम्पोजर बिसी राई लगायतले स्वागत मन्तब्य दिएका थिए ।
कार्यक्रमको अध्यक्ष भिमु मेमोरियल ट्रष्ट संस्थापक अध्यक्ष सर्जक जानुका राईले ट्रष्टले बि.सं. २०७० सालयता प्रतिव्यक्ति वर्षको ४० हजार नेपाली रुपैयां ४ जना नानीहरुलाई शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको र यी कृतिहरुबाट आएको रकम पनि सोही ट्रष्टमा जाने जानकारी दिइन् ।
सांगीतिक कार्यक्रम साहित्यकार सेमन्त राईको बांसुरीको धुनबाट शुरु भयो भने गायक गंगाराज राई र नरेन्द्र राईले गीत गाएर भरपुर मनोरञ्जन दिलाए । दिउसो १ बजेबाट शुरु भएर सांझ ६ बजे सकिएको उक्त कार्यक्रम गायक तथा संगीतकार गंगाराज राईले सञ्चालन गरेका थिए ।
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी