
लन्डन । लन्डनस्थित नेपाली दूतावासले पहिलोपटक नर्दन आयरल्याण्डमा प्रजातन्त्र दिवस मनाउने भएको छ । फागुन ७ अर्थात आगामी फेब्रुअरी १९ तारिखका दिन बेलफास्ट क्यासलमा भव्य श्रपमा कार्यक्रम गर्न लागिएको दूतावासका उपनियोग प्रमुख शरदराज आरणले जानकारी दिए । ‘प्रजातन्त्र दिवस मनाउने मात्र नभइ हामीले त्यो अवसरमा भिजिट नेपाल २०२० अभियान प्रवर्धन साथै नेपालमा व्यापार र लगानीका विषयमा समेत अन्तरक्रिया गर्नेछौं’- आरणले भने ।
उक्त कार्यक्रममा बेलायती वरिष्ठ सरकारीहरुको समेत सहभागिता अपेक्षा गरिएको छ ।
राजदूत डा. दुर्गाबहादुर सुवेदीले आफ्नो कार्यकालमा दूतावासको उपस्थिति लन्डनबाहिर पनि बढाउंदै लगेका छन् । यसअघि स्कटल्याण्ड र आयरल्याण्डमा कार्यक्रम भइसकेका छन् ।
बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता
बेलायत – भारत शैक्षिक सम्बन्धलाई सुदृढ पार्न भारतमा नौ वटा ब्रिटिस विश्वविद्यालय स्थापना गरिदै
अमेरिकी सरकार सटडाउनतर्फ
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन
अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरे नेपाल पुनःनिर्माण कोषमा ९ लाख