लन्डन । अर्थमन्त्री युवराज खतिवडा लन्डन आउने भएका छन् । लन्डनस्थित नेपाली दूतावासले २२ फेब्रुअरीमा गर्न लागेको ‘नेपाल विकास सम्मेलन’ मा कि-नोट स्पीकरका रुपमा मन्त्री खतिवडा लन्डन आउन लागेका हुन् । उनी २० फेब्रुअरीका दिन लन्डन उत्रने कार्यक्रम छ । उनको भ्रमण नेपाल सरकारले अर्को महिना २९ देखि ३० मार्चसम्म काठमाडौंमा गर्न लागेको लगानी सम्मेलनका लागि यहांका व्यवसायीलाई उत्प्रेरित गर्न पनि भएको दूतावास श्रोतले जानकारी दिएको छ ।
दुई दिन बेलायतमा रहंदा मन्त्री खतिवडाले डिफिड इन्टरनेशनल सेक्रेटरीलगायत केही सरकारी अधिकारीहरुसंग समेत भेटघाट गर्ने कार्यक्रम छ ।
दूतावासमा हुने पांचौं उक्त नेपाल विकास सम्मेलन विशेषगरि ‘नेपालमा लगानीका अवसर’ मा केन्द्रित हुनेछ । यसपटकको सम्मेलनमा बेलायती तथा नेपाली व्यवसायीहरुको उल्लेख्य सहभागिता हुने दूतावासले जनाएको छ ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे