लण्डन- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायत आउने अपेक्षा गरिएको छ । आउंदो डिसेम्बरमा हुने नेटो शिखर सम्मेलनमा सहभागी हुन ट्रम्प बेलायत आउने अधिकारीहरूले बताएका छन् । राष्ट्रपति भएपछिको पहिलो भ्रमण गत बर्षको जुलाईमा गर्दा उहाँविरुद्ध व्यापक प्रदर्शन भएको थियो ।
नेटो प्रमुख जेन्स स्टोल्टेनबर्गले बुधबार जारी गरेको वक्तव्यमा डिसेम्बरमा शिखर सम्मेलन गर्ने सहमती भएको उल्लेख गरिएको छ ।
सुरक्षा चुनौती र नेटोले मानिसलाई सुरक्षित राख्न कसरी सक्छ भन्ने बारेमा शीर्ष नेताहरू बीच छलफल हुने वक्तव्यमा लेखिएको छ ।
बेलायती प्रधानमन्त्रीको कार्यालयद्धारा बुधबार जारी गरिएको विज्ञप्तीमा प्रधानमन्त्री टेरेजा मेले सो सम्मेलनलाई ‘महत्वपूर्ण अवसर’को रूपमा लिइएको बताउनु भएको उल्लेख छ ।
विश्वको आधुनिकीकरणका लागि नेटोको शिखर सम्मेलन महत्वपूर्ण हुने उहाँको विश्वास छ । नेटोको इतिहासमा बेलायतले मुख्य भूमिका खेल्दै आएको छ ।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण