लण्डन- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायत आउने अपेक्षा गरिएको छ । आउंदो डिसेम्बरमा हुने नेटो शिखर सम्मेलनमा सहभागी हुन ट्रम्प बेलायत आउने अधिकारीहरूले बताएका छन् । राष्ट्रपति भएपछिको पहिलो भ्रमण गत बर्षको जुलाईमा गर्दा उहाँविरुद्ध व्यापक प्रदर्शन भएको थियो ।
नेटो प्रमुख जेन्स स्टोल्टेनबर्गले बुधबार जारी गरेको वक्तव्यमा डिसेम्बरमा शिखर सम्मेलन गर्ने सहमती भएको उल्लेख गरिएको छ ।
सुरक्षा चुनौती र नेटोले मानिसलाई सुरक्षित राख्न कसरी सक्छ भन्ने बारेमा शीर्ष नेताहरू बीच छलफल हुने वक्तव्यमा लेखिएको छ ।
बेलायती प्रधानमन्त्रीको कार्यालयद्धारा बुधबार जारी गरिएको विज्ञप्तीमा प्रधानमन्त्री टेरेजा मेले सो सम्मेलनलाई ‘महत्वपूर्ण अवसर’को रूपमा लिइएको बताउनु भएको उल्लेख छ ।
विश्वको आधुनिकीकरणका लागि नेटोको शिखर सम्मेलन महत्वपूर्ण हुने उहाँको विश्वास छ । नेटोको इतिहासमा बेलायतले मुख्य भूमिका खेल्दै आएको छ ।
बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता
बेलायत – भारत शैक्षिक सम्बन्धलाई सुदृढ पार्न भारतमा नौ वटा ब्रिटिस विश्वविद्यालय स्थापना गरिदै
अमेरिकी सरकार सटडाउनतर्फ
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन
अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरे नेपाल पुनःनिर्माण कोषमा ९ लाख