लन्डन । एकजना ब्रिटिश गोर्खा निर्मल ‘निम्स’ पूर्जा एमबीइको महत्वकांक्षाले यतिखेर सबैको ध्यान आकृष्ट भएको छ । त्यो के भने उनी यसै वर्ष सन् २०१९ को ७ महिनाभित्र ८ हजार मिटर उचाईंका सबै १४ हिमाल चढ्ने सुरमा छन् । उनी आफ्नो योजनामा सफल भए यसले यसअघिको ७ वर्ष, ११ महिना १४ दिनको कीर्तिमान तोड्नेछ ।
पूर्जाको प्रोजेक्ट १४/७ ‘द पावर अफ पोसिबल’ नेपालका च्यारिटी संस्थाहरु माइण्डफुलनेस च्यारिटीज् र नेपाल युथ फाउण्डेशनको सहयोगार्थ तय भएको हो । सैनिक पृष्ठभूमिका पूर्जाले आफ्ना साथी, सहकर्मीहरु सेवामा रहंदा वा अवकासपछि मानसिक तनाव र रोगबाट ग्रसित भएको देखेका छन् । उनी सकारात्मक मानसिक दृष्टिकोणको महत्वबारे जनचेतना जगाउने आफ्नो प्रोजेक्टको उद्देश्य रहेको बताउंछन् ।
पूर्जाको यो महत्वकांक्षी प्रोजेक्ट एकदम खर्चिलो छ । उनलाई प्रोजेक्ट सम्पन्न गर्न कम्तीमा ७ लाख ५० हजार पाउण्ड आवश्यक छ । उनले आफ्नो योजनामा सघाउन अपिल गर्दै गोफण्डमी पेजमार्फत आर्थिक सहयोग गरिदिन अनुरोध गरेका छन् । गोफण्डमीमार्फत ७५ हजार पाउण्ड उठाउने प्रयासमा छन् उनी जसले उनको दोश्रो चरणको मिसन केटु, नांगा पर्वत र ब्रोड पिक पाकिस्तानको आरोहण खर्च कभर गर्छ । बेलायतको नेपाली डायस्पोरा जुट्यो भने उनको योजनाले सार्थकता पाउनेछ अनि नेपाल र नेपालीको नाम एकपटक फेरि उंचो हुनेछ उनले चढ्न आंटेका हिमालहरु जत्रै ।
उनलाई धेरैले ‘निम्स’ भनेर चिन्छन् । उनी सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो गोर्खा पनि हुन् । उनको नाममा आरोहणका कयौं विश्व कीर्तिमान् छन् । उनले सगरमाथा देखि लोत्से आरोहण जम्मा दश घण्टा १५ मिनेटमै सम्पन्न गरे जुन यसअघि २० घण्टाको रेकर्ड थियो । ५ दिनमै सगरमाथा, लोत्से र मकालु (जो ८ हजार मिटर भन्दा अग्ला छन्) चढे । १७ दिनमा सगरमाथा दुई पटक, लोत्से र मकालु एक एकपटक चढ्ने उनी पहिलो व्यक्ति हुन् ।
उनले अग्ला हिमाल चढेरै यस वर्ष ‘एमबीइ’ जस्तो साहसिक मिलिट्री अवार्ड पनि पाए । उनले सगरमाथा चढ्ने क्रममा कठ्यांग्रिएर मृत्युको काखमा पुगेका एकजना भारतीय आरोहीलाई बचाएका थिए । जि २०० इ गोर्खा एक्सपिडिसनमा १३ गोर्खाहरुलाई सगरमाथा लैजान उनले नै नेतृत्व गरेका थिए । उनका सफलताका कथा धेरै छन् । सैनिक पृष्ठभूमिले धेरै खुल्न नमिल्ने भएकाले कतिपय कुरा सार्वजनिक भएका छैनन् ।
उनी दृढता र सकारात्मक सोचले जीवनमा हरेक कुरा सम्भव छ भन्ने ठान्छन् ।
उनलाई सहयोग गर्न-
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा