लन्डन । शारीरिक तन्दुरुस्ती, स्वास्थ्य जीवन शैली तथा पार्क रन सम्बन्धि जागरण उद्देश्य लिएर आगामी २० जुलाईमा बेलायतमा ‘८ के नेपाल रन’ हुने भएको छ ।
प्रविधिको विकाससंगै घट्दो शारीरिक अभ्यासले क्यान्सर, ह्दयाघात तथा मधुमेह जस्ता संक्रमण विश्वभर बढ्दै गएको अवस्था छ । यस्ता रोगबाट बच्न र शारीरिक तन्दुरुस्ती एवं नियमित ब्यायामको महत्व दर्शाउन दौड आयोजना गरिएको लामो समय देखि पार्क रन र म्याराथनमा लागेका सन्तोष राईले जानकारी दिए ।
पार्क रन संस्कार विश्वभर फैलंदै गएको र यसलाई नेपाली र नेपालसम्म विस्तार गर्ने उद्देश्यले नेपाल रनको स्थापना गरिएको विश्वका मुख्य ७ मध्ये ६ वटा म्याराथन दौडिसकेका राई बताउंछन् ।
आफू स्वास्थ्य र तन्दुरुस्ती बन्न मात्र होइन्, सामूहिकरुपमा दौडिएर नियमित ब्यायाम गर्न उत्प्रेरणा दिने पार्क रन संस्कार सबै नेपालीमा फैलाउने उद्देश्यका लागि नेपाल रन नामक संस्थाको बेलायतमा अधिकारिक रुपमा दर्ता पनि गरि सकिएको जानकारी राईले दिए । राईले नेवा रन, धरान रन मार्फत यस अघि नै पार्क रनलाई नेपालमा परिचित गराइसकेका छन् ।
रनको अर्को उद्देश्य ‘भिजिट नेपाल- २०२०’ लाई पनि प्रवर्धन गर्नु रहेको बताउंछन् अर्का नियमित धावक पाण्डव महतो । महतो दौडको माध्यमबाटै आमासयको क्यान्सरलाई पनि जितेर तन्दुरुस्त जीवन बिताइरहेका एक व्यक्ति हुन् । आफू जस्तै रोगले अरु कोही ग्रसित नबनोस् भन्ने चाहना रहेको बताउने उनी नियमित दौडिए सधैं तन्दुरुस्त रहन सकिने तर्क राख्छन् ।
प्रतियोगिताका लागि नर्थाला पार्कमा कुरा भइरहेको र पार्क उपलब्ध हुनासाथ चांडै पत्रकार सम्मेलन गरि स्थान र मिति घोसणा गरिने कार्यक्रमका सहजकर्ता तथा नियमित धावक राज ओझाले जानकारी दिए ।
कार्यक्रमको प्राविधिक र ब्यवस्थापकीय पक्षको अध्ययन सन्तोष राई, बहत्तर लिम्बु, नरेश राना, निलु राई, उदेश देवान लगायतले गरिरहेका छन् । चांडै नै वेवसाइट निर्माणलाई पूर्णता दिएर आधिकारिक दर्ता फाराम उपलब्ध गराइने नेपाल रनका अर्का अभियन्ता बहत्तर लिम्बुले जानकारी दिए ।
कार्यक्रम वृहत बनाउन लन्डनस्थित नेपाली दूतावास, गैर आवासीय नेपाली संघ बेलायत, नेपाल पत्रकार महासंघ बेलायत, नर्स, डाक्टर, लगायत बेलायतका अन्य नेपाली संघसंस्थाहरुसंग सहकार्यका लागि पत्राचार गरिने मिडिया सहयोगी जगन कार्कीले जानकारी दिए ।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण