लन्डन । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) का प्रेस सह-संयोजक चिरन (देवराज) शर्मामाथि अनुशासन कारवाहीका लागि पत्राचार गरिएको छ ।
एनआरएनए आइसीसी अध्यक्ष भवन भट्टको कार्यकालमा प्रेस सह-संयोजकको जिम्मेवारी फुत्काएका लन्डनस्थित पत्रकार शर्मालाई एनआरएनए अन्तर्गत ‘कृषि प्रवर्धन समिति’ का संयोजक युवराज गुरुङले आइसीसी समक्ष पत्राचार गरि अनुशासनको कारवाही माग गरेका हुन् ।
गत २६ जनवरीमा शर्मा संस्थापक सम्पादक रहेको ‘नेपाल ब्रिटेन डटकम’ मा उक्त समितिले गरेका राम्रो काम कारवाहीको प्रचार प्रसार सट्टा समिति र सिंगो एनआरएनएप्रति नै वितृष्णा फैलाउने काम गरेकाले कारवाहीको माग गरिएको पत्रमा उल्लेख छ ।
प्रकाशित समाचारप्रति खेद व्यक्त गर्दै पत्रकार शर्मा एक स्वतन्त्र पत्रकार मात्र नभइ संघको जिम्मेवार सञ्चार कार्यदलको सहसंयोजक भएकाले उनीद्वारा नियन्त्रित अनलाइनमा प्रकाशित कृषि प्रवर्धन समिति र सिंगो संघप्रति लगाएको आरोपको छानवीन गरि संस्थागत आन्तरिक अनुशासनको कारवाही गर्नका लागि अध्यक्ष भवन भट्ट र महासचिव बद्री केसी समक्ष निवेदन गरिएको छ ।
पत्र जस्ताको तस्तै-
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा