लण्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युके पत्रकारिता पुरस्कार पत्रकार राजेश चाम्लिङ राईलाई प्रदान गरिएको छ । ३० हजार रुपैयाँ राशिको सो पुरस्कार मंगलबार २९ जनवरीका दिन ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले सिंहदरबारस्थित मन्त्रालयको सभा कक्षामा प्रदान गरेका हुन् । पुरस्कृत राई लामो समयदेखि गोरखापत्र दैनिकमा कार्यरत छन् ।
त्यस्तै, फोनिज युकेका कार्यसमिति सदस्य तथा बेलायतमा क्रियाशील फोटोपत्रकार मिलन तमु ‘तमु आदिकवि हर्कबहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कार’ बाट सम्मानित भएका छन् । दश हजार रुपैयाँ राशीको सो पुरस्कार तमु (गुरुङ) सञ्चारकर्मी संघले स्थापना गरेको हो ।
सो पुरस्कार वितरण समारोहमा मन्त्री पुनले दुवै पत्रकारलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्दै राज्यको मूलधारबाट पछाडि पारिएका समुदायको हितका लागि आवाज उठाउदै आएका जनजाति पत्रकारहरु पुरस्कृत हुनु सराहनीय विषय भएको जनाए । ‘विगतमा राज्यको धार एक खालको थियो, नयाँ संविधान जारी भएपछि फेरिएको छ,’ भन्दै पत्रकारितालाई आर्थिक पक्षसंग जोड्न आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा फोनिज केन्द्रीय अध्यक्ष डण्ड गुरुङले नेपालको पत्रकारिता व्यवहारिक रुपमा समावेशी बन्न नसकेको बताए । त्यस्तै, फोनिज युके पत्रकारिता पुरस्कारका संस्थापक तथा बेलायतस्थित रेडियो बिजिडब्लुएसका प्रबन्ध निर्देशक सोनाम छिरिङ शेर्पाले नेपाललाई लक्षित गरेर पुरस्कार प्रदान गर्दै आएको र बेलायतमा नेपाली समाजलाई त्यसले दिशानिर्देश गर्ने बताए ।
स्मरण रहोस्, फोनिज युकेले विगत ३ बर्ष देखि फोनिज युके पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा