लण्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युके पत्रकारिता पुरस्कार पत्रकार राजेश चाम्लिङ राईलाई प्रदान गरिएको छ । ३० हजार रुपैयाँ राशिको सो पुरस्कार मंगलबार २९ जनवरीका दिन ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले सिंहदरबारस्थित मन्त्रालयको सभा कक्षामा प्रदान गरेका हुन् । पुरस्कृत राई लामो समयदेखि गोरखापत्र दैनिकमा कार्यरत छन् ।
त्यस्तै, फोनिज युकेका कार्यसमिति सदस्य तथा बेलायतमा क्रियाशील फोटोपत्रकार मिलन तमु ‘तमु आदिकवि हर्कबहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कार’ बाट सम्मानित भएका छन् । दश हजार रुपैयाँ राशीको सो पुरस्कार तमु (गुरुङ) सञ्चारकर्मी संघले स्थापना गरेको हो ।
सो पुरस्कार वितरण समारोहमा मन्त्री पुनले दुवै पत्रकारलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्दै राज्यको मूलधारबाट पछाडि पारिएका समुदायको हितका लागि आवाज उठाउदै आएका जनजाति पत्रकारहरु पुरस्कृत हुनु सराहनीय विषय भएको जनाए । ‘विगतमा राज्यको धार एक खालको थियो, नयाँ संविधान जारी भएपछि फेरिएको छ,’ भन्दै पत्रकारितालाई आर्थिक पक्षसंग जोड्न आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा फोनिज केन्द्रीय अध्यक्ष डण्ड गुरुङले नेपालको पत्रकारिता व्यवहारिक रुपमा समावेशी बन्न नसकेको बताए । त्यस्तै, फोनिज युके पत्रकारिता पुरस्कारका संस्थापक तथा बेलायतस्थित रेडियो बिजिडब्लुएसका प्रबन्ध निर्देशक सोनाम छिरिङ शेर्पाले नेपाललाई लक्षित गरेर पुरस्कार प्रदान गर्दै आएको र बेलायतमा नेपाली समाजलाई त्यसले दिशानिर्देश गर्ने बताए ।
स्मरण रहोस्, फोनिज युकेले विगत ३ बर्ष देखि फोनिज युके पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे