
लन्डन । बेलायतको अल्डरसटमा शिव मन्दिर निर्माणार्थ भवन किन्न तीन लाख पाउण्ड जुटेको छ । शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरले चन्दामार्फत उक्त रकम जुटाउन सफल भएपछि सम्भवतः यही शुक्रबारसम्म मन्दिर तथा सामुदायिक भवनको चाबी हात पर्नेछ । एकैचोटी ‘मोर्गेज फ्रि’ मा सामुदायिक भवन किन्ने सम्भवतः नेपाली समुदायमा सेन्टर नै पहिलो हो ।
अल्डरसटको क्वीन्स रोडमा अवस्थित एक सामुदायिक भवन खरिद गरि त्यसलाई मन्दिरको स्वरुप दिइनेछ । उक्त भवन मन्दिरमात्र नभइ नेपाली समुदायले विभिन्न धार्मिक, सांस्कृतिक तथा सामाजिक प्रयोजनका लागि प्रयोग समेत गर्न सक्नेछ ।
सेन्टरका महासचिव विक्रम भट्टराईका अनुसार, ३ सय ५९ जना मनकारी दाताहरुबाट उक्त रकम संकलन गरिएको हो । ‘निस्वार्थ रुपमा सहयोगी मन एकजुट भएपछि ३ महिना पहिलेसम्म असम्भव जस्तै लागेको हाम्रो मन्दिर सपना आजबाट वास्तविकतामा परिणत हुंदैछ’- भट्टराईले खुशी व्यक्त गर्दै भनेका छन् ।
मन्दिर भवन किन्न चुक्ता गर्नुपर्ने ३ लाख पाउण्ड वकिलको कार्यालयमार्फत चुक्ता गरिसकिएको सेन्टरले जनाएको छ । सेन्टरका अध्यक्ष रोहित गुरुङले यस ऐतिहासिक उपलब्धिका निम्ति बेलायतको हरेक कुना, तह तप्का र परिवारबाट भएको योगदानका लागि कृतज्ञता व्यक्त गरेका छन् ।
सेन्टरले आर्थिक संकलनका लागि गत जनवरी ४ देखि ६ सम्म नेपालका वाचन शिरोमणी दिनवन्धु पोख्रेलवाट श्रीमद् भागवत र वौद्ध धर्म सम्बन्धि प्रवचन पनि गरेको थियो ।
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]