स्कटल्याण्ड । गैर आवासीय नेपाली संघ स्कटल्याण्ड राज्य समन्वय परिषद बैठकले एनआरएनए स्कटल्याण्डमा संगठन विस्तार र भावी कार्ययोजनाका लागि विभिन्न निर्णय गरेको छ ।
एनआरएनए स्कटल्याण्डका अध्यक्ष मोहन कार्कीले उक्त बैठकमा एनआरएनएको स्कटल्याण्डमा संगठन विस्तारका लागि विभिन्न कार्यहरु गर्ने र भिजिट नेपाल २०२० को लागि स्कटल्याण्डमा कार्यहरु गर्ने विषयमा छलफल गरिएको बताए ।
बैठकले स्कटल्याण्ड राज्य परिषदको नियमित कार्य सञ्चालन गर्नका लागि अध्यक्ष मोहन कार्कीको संयोजकत्वमा स्कटल्याण्ड राज्यपरिषद कार्यविधि निर्देशिका बनाउन समिति गठन गर्ने निर्णय गरेको छ । त्यस्तै स्कटल्याण्डका नेपाली समुदायबीच खेलकुदको विकास गर्ने अभिप्रायले समितिका सदस्य उज्जवल कार्कीको संयोजकत्वमा खेलकुद समिति र कलासंस्कृतिको विकास एवं जगेर्ना गर्नका लागि परिषदका सचिव कृष्ण दाहालको संयोजकत्वमा कला संस्कृति समिति गठन गर्ने निर्णय बैठकले गरेको छ ।
त्यसैगरी स्कटल्याण्ड राज्य समन्वय परिषदलाई आवश्यक सल्लाह र प्रभावकारी रूपमा कार्य अघि बढाउन विज्ञ एवम् समाजसेवीहरुलाई समेटेर सल्लाहकार समिति प्रस्ताव गरिएको छ । सल्लाहकार समितिमा डा. राम कुमार अधिकारी, प्रकाश अर्याल, माधव भण्डारी, डा. भास्कर अधिकारी, टक थापा, डा. केशव भट्टराई र अनल गौतमलाई प्रस्ताव गरिएको छ ।
उक्त बैठकमा अघिल्लो शपथग्रहण कार्यक्रममा विशेष कामले गर्दा अनुपस्थित भएकी सदस्य लक्ष्मी सापकोटा भट्टराईलाई अध्यक्ष मोहन कार्कीद्वारा पद तथा गोपनीयताको शपथ गराइएको थियो । उक्त बैठक एनआरएनए स्कटल्याण्डका अध्यक्ष मोहन कार्कीको अध्यक्षतामा भएको थियो ।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण