लण्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टरको आयोजनामा नेपाली वाङ्मयमा अभूतपूर्व योगदान पुरयाएका पांच स्रष्टाहरु मास्टर मित्रसेन, लैनसिंह वाङदेल, भूपि शेरचन, अम्बर गुरुङ र नारायण गोपाललाई श्रद्धान्जली दिंदै सामूहिक रुपमा जन्म जयन्ती मनाइएको छ ।
शनिबार प्लमस्टिड, लण्डनस्थित अस्मिता असोसिएट्स सभाहलमा सो कार्यक्रम भएको हो ।
च्याप्टरका महासचिव सन्तोष कार्कीले माथि उल्लेखित नेपाली वाङमयका पांच जना नक्षत्रलाई साहित्यिक कार्यक्रम गरेर श्रद्धान्जली दिंदै आएको यो पांचौ श्रृंखला भएको बताएका छन् । यी पांचजना नेपाली वाङमयका धरोहरहरुको जन्म दिवस अक्टुबरदेखि फेब्रुअरीको सेरोफेरो पर्ने हुंदा समय र बेलायती परिवेशलाई मध्येनजर गरेर सामूहिक जन्म जयन्ती मनाउंदै आएको संस्थाका अध्यक्ष सुमलकुमार गुरुङले बताए ।
सुमलकुमार गुरुङको अध्यक्षता र प्रमुख सल्लाहकार, डा. रुपक श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमलाई महासचिव सन्तोष कार्की र कोषाध्यक्ष सचिन गुरुङले सन्चालन गरेका थिए ।
कार्यक्रममा विभिन्न साहित्यिक संस्थाका अध्यक्ष र प्रतिनिधिहरूले उपस्थिति जनाएका थिए । संक्षेपमा क्रमिक रुपमा मास्टर मित्रसेनको बारेमा विश्व साहित्य महासंघ दक्षिणका पूर्व अध्यक्ष विजय हितान, विश्व साहित्य महासंघका अध्यक्ष विश्वासदीप तिगेलाले अम्बर गुरुङको बारेमा, साहित्य चौतारीका संस्थापक बासु शर्माद्वारा लैनसिं वाङदेल तथा अनेसास बेलायत च्याप्टरका प्रमुख सल्लाहकार डा. रुपक श्रेष्ठद्वारा नारायण गोपाल र भूपि शेरचनबारे प्रकाश पारिएको थियो ।
कविता वाचन कार्यक्रम सेमन्त राईको मीठो बांसुरीको धूनबाट प्रारम्भ भएको थियो । कविता वाचन गर्नेमा सिम्मी पुन, विश्वासदीप तिगेला, अमित थेबे, लाहाङ चेम्जोङ, सेमन्त राई, विजय हितान, भोजराज बराल, वासु शर्मा, माया गुरुङ, विशन थापा, राज श्रेष्ठ, सन्तोष कार्की, डा. रुपक श्रेष्ठ, सुमलकुमार गुरुङ र सारादेवी गुरुङ थिए ।
कार्यक्रममा डा. रुपक श्रेष्ठले आफ्नो नवीनतम कृति, ‘बुट्टे किमोना’ हाइकु संग्रहबारे प्रकाश पार्दै संस्थाको आर्थिक संकलनार्थ केही थान पुस्तक प्रदान गरेका थिए । कृतिको विमोचन नेपालमा पहिले नै भएको उनले बताए । यसै अवसरमा विजय हितानले भावेश भुमरी रचित कृति, ‘भावेश भूमरी इन द यूके’ कृतिका केही प्रति सहभागीलाई वितरण गरेका थिए ।
कार्यक्रमको अन्तमा संस्थाका अध्यक्ष सुमलकुमार गुरुङले सबैलाई धन्यवाद ज्ञापन गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टरको छैटौं विश्व सम्मेलन बेलायतमा सम्पन्न गर्नका लागि संक्षिप्त रुपरेखा प्रस्तुत गरेका थिए । उनको यस प्रस्तावलाई हलमा उपस्थित सहभागी सबै संघसंस्थाका सर्जक लगायत अनेसास सदस्यहरुले सहमति जनाएका छन् ।
अगष्ट ३-५ ,२०१९ मा अनेसासको छैटौं सम्मेलन लण्डनमा सम्पन्न गरिने जानकारी अध्यक्षले दिएका छन् । स्मरण रहोस् अनेसासको दोश्रो विश्व सम्मेलन सन् २०११ मा लण्डनमै भएको थियो ।
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग