लन्डन । लन्डनस्थित नेपाली दूतावासमा कार्यरत एक चालकको जागिर गुमेको छ । विगत चार वर्ष देखि दूतावासमा काम गर्दै आएका चालक राजु श्रेष्ठ १५ जनवरीदेखि कामबाट विमुख भएका हुन् । ‘एक दिन अघिमात्र अब तपाईंको कन्ट्रयाक्ट नथप्ने निर्णय महामहिमले गर्नुभएको छ, भोलिदेखि काममा नआउनुस् भनेर दूतावासका उपनियोग प्रमुख शरदराज आरणले मौखिक रुपमा सुनाउनुभयो’- श्रेष्ठले भने, ‘दूतावासमा चालक अभाव नै थियो । सम्झौता नवीकरण नगर्नुपर्ने अन्य कारण केही थिएन । अल अफ सडेन हुंदा दुःख लाग्यो ।’
दूतावासभित्रका इभेन्ट, अन्य काम, कम्युनिटीका कार्यक्रममा सहभागिता आदिले ७ दिनै व्यस्त हुंदा पनि राजदूत डा. दुर्गाबहादुर सुवेदी किन खुशी भएनन् बुझ्न नसकेको श्रेष्ठले गुनासो गरे ।
दूतावासले स्थानीय कर्मचारीहरुलाई वर्ष दिनको कन्ट्रयाक्टमा राखी नवीकरण गर्दै जाने गर्छ ।
दूतावासका उपनियोग प्रमुख आरणले भने श्रेष्ठले महिनादिन अघि राजीनामा बुझाएपछि ‘कन्ट्रयाक्ट’ नथपिएको दाबी गरे । ‘श्रेष्ठका चारित्रिक गुण, व्यवहार, कामप्रतिको लगाव जस्ता ‘इष्यू’ मा कमजोरी नभएका होइनन् तर आफैंले पारिवारिक कारण देखाएर राजिनामा दिएपछि उनको कन्ट्रयाक्ट नथपिएको हो’- आरणले प्रष्टयाए ।
दूतावासमा अहिले ५ वटा सवारी साधन छन् तर चालक संख्या एकमात्र छ ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ