लन्डन । लन्डनस्थित नेपाली दूतावासमा कार्यरत एक चालकको जागिर गुमेको छ । विगत चार वर्ष देखि दूतावासमा काम गर्दै आएका चालक राजु श्रेष्ठ १५ जनवरीदेखि कामबाट विमुख भएका हुन् । ‘एक दिन अघिमात्र अब तपाईंको कन्ट्रयाक्ट नथप्ने निर्णय महामहिमले गर्नुभएको छ, भोलिदेखि काममा नआउनुस् भनेर दूतावासका उपनियोग प्रमुख शरदराज आरणले मौखिक रुपमा सुनाउनुभयो’- श्रेष्ठले भने, ‘दूतावासमा चालक अभाव नै थियो । सम्झौता नवीकरण नगर्नुपर्ने अन्य कारण केही थिएन । अल अफ सडेन हुंदा दुःख लाग्यो ।’
दूतावासभित्रका इभेन्ट, अन्य काम, कम्युनिटीका कार्यक्रममा सहभागिता आदिले ७ दिनै व्यस्त हुंदा पनि राजदूत डा. दुर्गाबहादुर सुवेदी किन खुशी भएनन् बुझ्न नसकेको श्रेष्ठले गुनासो गरे ।
दूतावासले स्थानीय कर्मचारीहरुलाई वर्ष दिनको कन्ट्रयाक्टमा राखी नवीकरण गर्दै जाने गर्छ ।
दूतावासका उपनियोग प्रमुख आरणले भने श्रेष्ठले महिनादिन अघि राजीनामा बुझाएपछि ‘कन्ट्रयाक्ट’ नथपिएको दाबी गरे । ‘श्रेष्ठका चारित्रिक गुण, व्यवहार, कामप्रतिको लगाव जस्ता ‘इष्यू’ मा कमजोरी नभएका होइनन् तर आफैंले पारिवारिक कारण देखाएर राजिनामा दिएपछि उनको कन्ट्रयाक्ट नथपिएको हो’- आरणले प्रष्टयाए ।
दूतावासमा अहिले ५ वटा सवारी साधन छन् तर चालक संख्या एकमात्र छ ।
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
मध्यपूर्व द्वन्द्व चर्किंदै, वार्ता अनिश्चित
अमेरिकी शान्ति योजना तेहरानद्वारा अस्वीकार