हामी सबैको लागि समय अमुल्य छ । समय कसैलाई पर्खदैन । समय सबैको लागि बराबर हुन्छ । समय बितेको पत्तै हुँदैन । समयको सदुपयोग गरे धेरै कुरा गर्न सकिन्छ । समय बलवान हुन्छ । समयले सबै कुरा बताउँछ । समयको बारेमा यी र यस्ता धेरै सत्यहरु हामीले सुनेका छौं ।
समय सत्य हो, भ्रम हैन । समय हामीले भोगेको, भोगिरहेको र भोग्ने कालखण्ड हो । समय विगत, वर्तमान र भविष्य पनि हो । समय अदृश्य छ, तर शक्तिशाली छ । अहिले भर्खर यो हरफ लेख्दालेख्दै मेरो वर्तमान विगतमा परिवर्तन भयो । हो, हाम्रो वर्तमान छिनभरमा विगत हुन्छ र इतिहासमा परिवर्तन हुन्छ । मैले यो लेखको पहिलो अनुच्छेद लेखेको त्यो क्षण अहिले नै विगत गयो, त्यो समय फेरि फर्केर आउँदैन ।
जीवन बाँच्ने वर्तमानमा हो । जीवनमा हाँस्ने वर्तमानमा हो । जीवनमा केही गर्ने वर्तमानमा हो । यो अर्थमा भन्ने हो भने हामी सधै वर्तमानमा बाँचेका हुन्छौं । त्यसैले त हामीले आफ्नो लागि केही सोच्ने यही वर्तमानमा हो । आफ्नो समयको भरपूर सदुपयोग गर्ने पनि यही वर्तमानमा हो । यो अर्थमा हाम्रो हरेक सेकेन्ड वर्तमान बनेर आउँछ र हामी त्यही हरेक सेकेन्डमा स्वास लिंदै हामी आफ्नो अस्तित्व स्वीकार गरेका हुन्छौं ।
स्मृतिमा मात्र रहने विगत सबैको लागि पाठ हो । समयले सिकाएको पाठ । विगत कहिले सफलताको सिंढी चढेर सिक्ने पाठ हो भने कहिले भर्याङ्गबाट भुइँमा खसेर सिक्ने पाठ हो । कहिले चोट पाएर खोट लागेको पाठ, कहिले सफलपछि विफल वा कहिले विफलपछि सफल भएको पाठ ।
त्यही विगतको पाठबाट सिकेर वर्तमानमा गर्ने कर्मको फल भविष्य हो । भविष्य कहिले हाम्रै हातमा हुन्छ, कहिले कसैको हातमा पनि हुँदैन । अर्थात, भविष्य आज न कसैले देख्न सक्छ न कसैले आजै भोग्न सक्छ । केवल अनुमानको भरमा कल्पनाको सागरमा डुबुल्की मारेर देख्ने वा गहिरो निन्द्रामा देख्ने सपना हो भविष्य ।
समयको हिसाब गर्ने हो भने धेरै समय हामी केही न केही गरेका हुन्छौं । तर, धेरैजसो अर्कैको लागि गरेका हुन्छौ । हुन त खाने, सुत्ने, किनमेल गर्ने आदि जस्ता व्यक्तिगत कुराहरु आफ्नै लागि हुन्छन । यी सबै कुराहरु नियमित हुन्छन र हामीले केही गर्दैछौ भनेर गर्ने भन्दा पनि स्वत: हुन्छन । सबै जिम्मेवारी र दायित्व पूरा गर्दागर्दै हामीलाई आफ्नो बारेमा सोच्ने फुर्सद नै हुँदैन ।
आफ्नो लागि समय दिने भनेको वा आफ्नो बारेमा सोच्ने भनेको आफ्नो व्यक्तिगत सबै कुराहरु जस्तै काम, जिन्दगी, विगत, वर्तमान आदिको बारेमा एकान्तमा बसेर आफैले मुल्यांकन गर्ने हो । म स्वयंले आफ्नो र अरुको लागि के गरें? के गर्न गर्न सकिन? के कुरा कसरी गर्न सकिन्छ? आदि बारेमा चिन्तन र मनन गर्नु हो । सफलताको महत्वपूर्ण धेरै सुत्रहरु मध्ये यो पनि एक सुत्र हो ।
आजको युग अत्यन्त गतिशील छ । युग जति गतिशील हुन्छ, त्यति नै मानिस पनि गतिशील हुन्छ । गतिशील मानिसको जिन्दगी पनि गतिशील नै हुन्छ । यो गतिशील जिन्दगीमा हामी आधुनिक जीवन शैली जिउंदै प्रतिस्पर्धाको दौडमा सधैं व्यस्त हुन्छौ । त्यसैले समय जति भए पनि पुग्दैन जस्तो लाग्छ । तर, सही रुपमा हाम्रो समयलाई ब्यबस्थापन गर्ने हो भने आफ्नो, परिवार र समाजको लागि पुग्ने समय हामी हरेकसंग हुन्छ ।
मानिस धेरै चुनौती र अवसरका बिचमा बाँचेको छ । जति धेरै चुनौती र अवसरहरु हुन्छन त्यति नै धेरै मानिसको समय पनि लगानी गर्नु पर्ने हुन्छ । समयको सही सदुपयोग गर्ने हो भने समय सम्पत्ति पनि हो । समयको सही सदुपयोग भनेको सकारात्मक सोच गर्ने, कुनै वृत्ति विकास हुने काम गर्ने, उद्यम गर्ने, लेखपढ गर्ने वा अरु कुनै राम्रो काम गर्ने हो भने हरेक मानिसले आफ्नो जीवनमा धेरै कुराहरु गर्न सक्छ ।
कुनै व्यक्ति बिशेष ढिलो हुन सक्छ, तर समय कहिल्यै पनि ढिलो हुन सक्दैन । कुनै व्यक्तिलाई आफ्नै लागि समय अपुग हुन सक्छ, तर समयले कसैलाई पक्षपात गर्दैन । कुनै व्यक्ति एक समय असफल हुन सक्छ, तर सधैं असफल हुन सक्दैन । कुनै व्यक्ति कुनै एक समय आफ्नो समयलाई महसुस गर्न सक्दैन होला, तर समय सबैले एकै समयमा भोग्ने कुरा हो । फरक यति हो, हरेक मानिसको भोगाई र अनुभव फरक फरक हुन्छ । किनकी हरेक मानिस स्वमंमा अद्भुत र फरक हुन्छ ।
फरक फरक मानिसको जीवन, सोचाई र भोगाई फरक फरक हुने हुनाले समयलाई हामी आ-आफ्नै रुपमा ब्याख्या गर्छौ । कसैलाई समयको चक्रले दुखको भुमरीमा फंसाएको हुन्छ । कसैले त्यही समयको चक्रले सुखको फुलबारीमा विचरण गराएको हुन्छ । कसैलाई समयले यता पुरयाउंछ, कसैलाई समयले उता पुरयाउंछ । मानिसलाई सुख वा दुख जे भए समयलाई दोष दिने हाम्रो बानी छ । तर, समय कसैको लागि पनि पक्षपाती छैन । सुख वा दुख समयले हैन, अरु कुनै कारणले हुने हो ।
मानिसको हरेक यात्रा आजबाट नै शुरु हुन्छ । भोली भनेर कुर्ने हो भने कुनै काम नै शुरु हुँदैन । सफल जिन्दगीको लागि आवश्यक कदम अहिले नै आफैले चाल्ने हो । त्यसैले आफ्नो जिन्दगीको हरेक पल आफ्नै लागि हो । र, जिन्दगी पनि आफ्नै हो । शुभ यात्रा ।
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल
बेलायतका राजा चार्ल्स तृतीय र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
बेलायत बन्यो विश्वकै सबैभन्दा कडा धूम्रपान नियन्त्रण नीति अपनाउने देशमध्ये एक