लण्डन । युकेमा रहेका मगरहरुले माघे संक्रान्ति पर्व मनाएका छन् । नेपाली पात्रो अनुसार मंगलबार माघेसंक्रान्ति परे पनि युकेमा सार्वजनिक विदा नपाइने भएका कारण गत सातादेखि नै विभिन्न स्थानमा पर्व मनाइएको हो ।
मगर संघ युकेका अनुसार गत ५ जनवरीमा मगर संघ स्वीण्डन शाखाले माघेसंक्रान्ति मनायो भने हिजो शनिबार मगर संघ वेल्स शाखा, वेम्बली शाखा, वेष्ट लण्डन शाखा, युनाइटेड हयाम्पसायर–बर्कसायर–सर्रे शाखा, केन्ट र रेडिङ शाखाले माघेसंक्रान्ति विभिन्न कार्यक्रमका साथ मनाएका छन् । त्यसैगरी, प्लमस्टिड शाखाले आउँदो शनिबार मनाउँदैछ ।
यसैबीच, युनाइटेड ह्याम्पसायर–बर्कसायर–सर्रे शाखाले पितृपूजा तथा विभिन्न साँस्कृतिक कार्यक्रमका साथ माघेसंक्रान्ति पर्व मनायो । पुजारी ओमप्रसाद थापा, पुजारीहरु ओमबहादुर थापा र गणेश थापाले पितृपूजा गरेका थिए ।
अध्यक्ष लेखबहादुर रानाको अध्यक्षतामा भएको सो कार्यक्रममा कृषा थापा र अर्जुन थापाले माघेसंक्रान्तिका बारेमा नवपुस्तालाई जानकारी दिएका थिए । शाखाका सचिव बीर बलालले कार्यक्रम अवधिमा केही विपत्ति आएमा अपनाउनुपर्ने आकस्मिक सुरक्षाका बारेमा सूचना दिएका थिए ।
उपाध्यक्ष नरेश थापाले स्वागत मन्तब्य दिएका थिए भने कार्यक्रमका प्रमुख अतिथि मगर संघ युकेका उपाध्यक्ष अनिता राना र विशेष अतिथि नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगर थिए ।
कार्यक्रममा यसवर्ष जिसिएससी, ग्राजुयसन, मास्टर्स गरेका विद्यार्थीलाई सम्मान गरिएको थियो । यसैगरी आजिवन सदस्यहरु र शाखालाई विशेष सहयोग गर्ने सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
नेपालबाट आएकी कलाकार शीला गुरुङ र गायक मनसुधन थापाले दोहोरी गाएका थिए भने कलाकार बीरबहादुर थापाको टोलीले लाइभ गीत प्रस्तुत गरे । स्थानीय कलाकारहरु कल्पना थापा, मुना थापा, मिरिन पाइजा, अस्मिता थापा, दृष्टि पुर्जा, मुना गर्बुजा, तारा गर्बुजा, विमला गर्बुजा, सुरक्षा राना, मेलिना राना, विपना पुन, गीता पाइजा र रैसा रानाले नृत्य गरेका थिए ।
शाखा अध्यक्ष लेखबहादुर राना लगायतको टोलीले सोरठी नृत्य प्रस्तुत गरेको थियो । मगर महिला टोलीले प्रसाद र अतिथि सत्कारको भूमिका निर्वाह गरेका थिए ।
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप