लण्डन । युकेमा रहेका मगरहरुले माघे संक्रान्ति पर्व मनाएका छन् । नेपाली पात्रो अनुसार मंगलबार माघेसंक्रान्ति परे पनि युकेमा सार्वजनिक विदा नपाइने भएका कारण गत सातादेखि नै विभिन्न स्थानमा पर्व मनाइएको हो ।
मगर संघ युकेका अनुसार गत ५ जनवरीमा मगर संघ स्वीण्डन शाखाले माघेसंक्रान्ति मनायो भने हिजो शनिबार मगर संघ वेल्स शाखा, वेम्बली शाखा, वेष्ट लण्डन शाखा, युनाइटेड हयाम्पसायर–बर्कसायर–सर्रे शाखा, केन्ट र रेडिङ शाखाले माघेसंक्रान्ति विभिन्न कार्यक्रमका साथ मनाएका छन् । त्यसैगरी, प्लमस्टिड शाखाले आउँदो शनिबार मनाउँदैछ ।
यसैबीच, युनाइटेड ह्याम्पसायर–बर्कसायर–सर्रे शाखाले पितृपूजा तथा विभिन्न साँस्कृतिक कार्यक्रमका साथ माघेसंक्रान्ति पर्व मनायो । पुजारी ओमप्रसाद थापा, पुजारीहरु ओमबहादुर थापा र गणेश थापाले पितृपूजा गरेका थिए ।
अध्यक्ष लेखबहादुर रानाको अध्यक्षतामा भएको सो कार्यक्रममा कृषा थापा र अर्जुन थापाले माघेसंक्रान्तिका बारेमा नवपुस्तालाई जानकारी दिएका थिए । शाखाका सचिव बीर बलालले कार्यक्रम अवधिमा केही विपत्ति आएमा अपनाउनुपर्ने आकस्मिक सुरक्षाका बारेमा सूचना दिएका थिए ।
उपाध्यक्ष नरेश थापाले स्वागत मन्तब्य दिएका थिए भने कार्यक्रमका प्रमुख अतिथि मगर संघ युकेका उपाध्यक्ष अनिता राना र विशेष अतिथि नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगर थिए ।
कार्यक्रममा यसवर्ष जिसिएससी, ग्राजुयसन, मास्टर्स गरेका विद्यार्थीलाई सम्मान गरिएको थियो । यसैगरी आजिवन सदस्यहरु र शाखालाई विशेष सहयोग गर्ने सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
नेपालबाट आएकी कलाकार शीला गुरुङ र गायक मनसुधन थापाले दोहोरी गाएका थिए भने कलाकार बीरबहादुर थापाको टोलीले लाइभ गीत प्रस्तुत गरे । स्थानीय कलाकारहरु कल्पना थापा, मुना थापा, मिरिन पाइजा, अस्मिता थापा, दृष्टि पुर्जा, मुना गर्बुजा, तारा गर्बुजा, विमला गर्बुजा, सुरक्षा राना, मेलिना राना, विपना पुन, गीता पाइजा र रैसा रानाले नृत्य गरेका थिए ।
शाखा अध्यक्ष लेखबहादुर राना लगायतको टोलीले सोरठी नृत्य प्रस्तुत गरेको थियो । मगर महिला टोलीले प्रसाद र अतिथि सत्कारको भूमिका निर्वाह गरेका थिए ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन