लण्डन – कार बिक्रीमा सन् २०१८ मा व्यापक दरमा गिरावट आएको बेलायतको कार कम्पनीको एउटा प्रचार समूहले जानकारी गराएको छ । यो गिरावट एक दशक पहिले देखिएको विश्वव्यापी आर्थिक मन्दीपछि आएको सवैभन्दा उच्च गिरावट हो ।
मोटर निर्माण कम्पनीको तथा व्यापारीहरूको समूह, द सोसाइटी अफ मोटर म्यानुफ्याक्चरर्स एण्ड ट्रेडर्स, ले सोमबार दिएको जानकारीमा गत बर्ष बेलायतमा कार बिक्रीमा छ दशमलब आठ प्रतिशतले गिरावट आएको छ ।
अघिल्लो बर्षमा २० लाख ३७ लाख कारको विक्री भएको थियो । विक्रीमा सन् २०१८ मा देखिएको गिरावट सन् २००८ पछि कै सवैभन्दा बढी हो । एक दशक पहिले विश्वव्यापी रूपमा आएको आर्थिक मन्दीको प्रभाब बेलायती अर्थतन्त्रमा पनि देखिएको थियो ।
समूहका प्रमुख कार्यकारी माइक हावेसले भन्नुभयो, “उपभोक्ताको लगानी गर्ने आत्मविश्वासमा कमी, आर्थिक बर्षको अस्पष्टता, नीतिगत सन्देशहरू र उच्च समस्याग्रस्त बजारमा नियमनकारी कानूनको परिवर्तनले कारको कारोबारमा कमी आएको हो ।”
ब्रेक्जिटबारेको अनिश्चिततालाई प्रत्यक्ष दोष नलगाइकनै हावेसले भन्नुभयो, “यो तथ्याङ्क नीतिनिर्माताका लागि सचेत बनाउन एउटा सन्देशका रूपमा आएको छ ।”
कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु
बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता
बेलायत – भारत शैक्षिक सम्बन्धलाई सुदृढ पार्न भारतमा नौ वटा ब्रिटिस विश्वविद्यालय स्थापना गरिदै
अमेरिकी सरकार सटडाउनतर्फ
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन
राष्ट्रियसभा सदस्य निर्वाचन : को को भए निर्वाचित ?
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
हिमपहिरोले अमेरिकामा जनजीवन ठप्प, उडानदेखि बिजुलीसम्म असर
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द