युकेबाट नेपालीइबजार डटकमको शुरुवात

लण्डन । युकेका विभिन्न विश्वविद्यालबाट ग्राजुयट गरेका नेपाली युवाहरुले युकेमा अनलाइनमार्फत किनबेच गर्न मिल्ने वेवसाइट शुरुवात गरेका छन् । ग्राजुयट आन्टप्रिनर्स नेपलिज सोसाइटी (जेन्स) युकेले आइतबारबाट नेपाली इबजार डटकम www.nepaliebazaar.com को शुरुवात गरेको हो ।
सो वेवपोर्टलको गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका उपाध्यक्ष ललितकुमार न्यौपाने र जेन्स युकेका अध्यक्ष लेखनाथ गैरेले शुभारम्भ गरे ।

वेवसाइटमा विक्रेता र क्रेताले सेवा तथा वस्तु खरिद बिक्री गर्न सक्नेछन् । जेन्स युकेका अध्यक्ष गैरेले सो वेव मार्केट प्लेसको माध्यमबाट क्रेता र बिक्रेता दुवै लाभान्वीत हुने विश्वास व्यक्त गरे । उनले युके र बाँकी विश्वमै सबैभन्दा ठूलो नेपाली अनलाइन मार्केट प्लेसका रुपमा नेपालीइबजारलाई विकसित गरिने बताए । तत्कालमा युके पाउण्डमा मात्र र पेपालबाट खरिद बिक्री गर्न मिल्ने बताइएको छ ।

युकेका कानुनी प्रावधानहरु पूरा गरी बनाइएको सो वेवसाइटबाट ढुक्क भएर किन्न बेच्न सकिने सो वेवसाइटका निर्माता जेन्स युकेका कोषाध्यक्ष गणेश थापाले बताए । वेवसाइटमा क्रेताको अधिकार पूर्ण रुपमा ग्यारेण्टी गरिएको र क्रेता र बिक्रेताबीच विवाद भएमा जेन्स युकेले हस्तक्षेप गर्ने बताइएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगर र वरिष्ठ उपाध्यक्ष ध्रुवराज अर्याल, जेन्स युकेका संस्थापक अध्यक्ष शालिकराम सापकोटा, बुद्ध फाउण्डेसन युकेका अध्यक्ष दीपक श्रेष्ठ, एनआरएनए युकेका उपमहासचिव विनय अधिकारी, सचिव सुरज मास्के, कोषाध्यक्ष सचिन श्रेष्ठ र सदस्य राजन खकुराल, डा. मुकुन्द बाँस्तोला लगायतले शुभकामना व्यक्त गरेका थिए ।

जेन्स युकेका अध्यक्ष लेखनाथ गैरेको अध्यक्षता र सचिव तिलक भट्टराईको संचालनमा भएको सो कार्यक्रममा सल्लाहकार विष्णु चोङवाङले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने जेन्स युकेकी सदस्य मैना शर्मा र सूर्य केसीले पनि बोलेका थिए ।

कार्यक्रममा उठेका जिज्ञासाको अध्यक्ष गैरे र कोषाध्यक्ष थापाले जवाफ दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री