![]()
लन्डन । कोडेक यूकेको दशौं साधारणसभा शनिबार लन्डनमा सम्पन्न भएको छ । करिब ४८ जना सहभागी उक्त साधारणसभा अध्यक्ष शंकरप्रसाद दाहालको अध्यक्षतामा भएको हो । सभामा ब्रेन्ट काउन्सिल अल्पर्टन वार्ड काउन्सिलर भगवानजी चोहान प्रमुख अतिथी र अतिथी वार्ड काउन्सिलहरु जेम्स अली र श्रुती सिंघानियाको पनि सहभागिता थियो ।
सभामा डा. श्याम चन्दले स्वागत मन्तव्य दिए भने वार्षिक प्रतिवेदन सचिव टंक भट्टराईले प्रस्तुत गरे । प्रतिवेदन प्रस्तुत गर्ने क्रममा भट्टराईले सन् २०१८ मा कोडेक यूकेका सामाजिक तथा च्यारिटी गतिविधिहरुबारे प्रकाश पारेका थिए । उनले यस वर्ष संस्थाले गर्ने कार्यक्रमबारे पनि जानकारी दिए । कार्यकारी सदस्य विशेष गुरागाईंले तयार पारेको आर्थिक प्रतिवेदन पनि सचिव भट्टराईले नै प्रस्तुत गरे । सभाले प्रतिवेदनहरु सर्वसम्मत पारित गरयो ।
कार्यक्रममा प्रमुख अतिथी चोहानले कोडेक यूकेले दशक अवधिमा गरेका सामाजिक तथा च्यारिटेवल कार्यहरुको प्रशंसा गर्दै अझ नयां सोच र रचनात्मक ढंगले अघि बढ्न सुझाए । ब्रेन्ट काउन्सिल पूर्व मेयर चोहानले कोडेक यूकेको ‘मिसन संस्कृत’ नामक भावी प्रोजेक्टप्रति प्रेरित गर्दै आफ्नो सहयोग रहने प्रतिवद्धता पनि व्यक्त गरेका थिए । अतिथी वार्ड काउन्सिलर जेम्स अली र संस्थाका सल्लाहकार उमेश मोक्तानले यूकेको राजनीतिक सचेतना कार्यक्रम ल्याउन पनि सुझाव दिए ।
कार्यक्रममा सक्रिय सहभागी भएर कोडेक यूकेलाई विभिन्न माध्यमबाट सहयोग गर्ने दश जनालाई प्रशंसा पत्र प्रदान गरियो भने २१ जना नयां सदस्यहरुको घोषणा गर्दै उनीहरुलाई स्वागत गरिएको थियो ।
अध्यक्ष शंकर दाहालले सबैलाई धन्यवाद दिंदै थप सहयोग हुने विश्वास व्यक्त गरे । सो अवसरमा व्यवसायी सुस्मिता अर्याललाई क्याटरिंग उपलव्ध गराएकामा आभार व्यक्त गरियो । कार्यक्रम सञ्चालन सचिव टंक भट्टराईले गरेका थिए ।
तस्विर- सुशिल सिंह/नेपाली समाज यूके
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ