लण्डन । लण्डनको वेलिङमा नेप्लिज युथ नेटवर्क युकेले विविध सांस्कृतिक कार्यक्रम सहित अंग्रेज़ी नयाँ वर्ष भव्यताकासाथ स्वागत गरेको छ ।
सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स युकेको सहयोगमा आइतबार आयोजित कार्यक्रममा गीत, नृत्य, हाजिरीजवाफ, अङ्ग्रेजीलाई नेपालीमा उल्था गर्ने तथा बिङ्गो लगायतका गतिविधिहरु गरिएका थिए ।
नेपाली मूलका बेलायती नेपाली सन्ततिहरुलाई आफ्नो पुर्ख्यौली थलोसंग जोडने, युकेमा रहेका नेपाली युवा युवतीहरूबीच चिनजान गराउने तथा अभिभावक र छोरा छोरीबिचको दूरी कम गराउँदै स्थानीय वासिन्दाहरुसंग एकीकृत गर्ने उद्देश्यले सन् २०१५ मा नेप्लिज युथ नेटवर्क स्थापना गरिएको थियो ।
कार्यक्रममा बोल्दै सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स युकेका अध्यक्ष शेखर वाग्लेले विदेशी भूमिमा हुर्किरहेका नेपाली पुस्तालाई नेपाली भाषा र नेपाली संस्कृतिसंग परिचित गराउनु अत्यन्तै महत्वपूर्ण हुने बताए, उनले यसकालागि अभिभावक स्वयंले आफ्ना बालबालिकालाई प्रोत्साहित गराउनु पर्ने सुझाव पनि दिए । उनले समाजका सदस्य लगायत सबैलाई नयाँ वर्षको अवसरमा शुभकामना पनि दिएका थिए ।
हालै बेलायतको बेडफोर्डबाट डार्टफोर्ड क्षेत्रमा बसाईं सरेका बिदुर घिमिरेले यस्ता कार्यक्रमको माध्यमबाट आफ्ना छोराछोरीले साथी बनाउन सकेको भन्दै कार्यक्रम आयोजकलाई धन्यवाद दिएका थिए ।
भेलाले आगामी दुई वर्षकालागि सिमरन घिमिरेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति पनि गठन गरेको छ । समितिका सदस्यहरुमा श्रीकृत वाग्ले, निकिता खरेल, अपेक्षा न्यौपाने, सुवास पौडेल, मनस्वी भट्टराई, दीप्ता थापा, यशस्वी भट्टराई, प्रान्जल ओझा, सेजल अधिकारी, सम्राट कोइराला, नियती खरेल, बिराट कोइराला र श्रीना वाग्ले छन् ।
कार्यसमिति सदस्यहरुको आगामी बैठकमा कार्य विभाजन गरी भावी कार्यक्रमको ‘क्यालेन्डर’ पनि घोषणा गर्ने घिमिरेले बताइन् ।
कार्यक्रमको सन्चालन श्रीकृत वाग्ले तथा सम्राट कोइरालाले गरेका थिए । कार्यक्रमको आयोजना गर्न सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स युकेका कार्यकारी सदस्य संगम भण्डारी लगायत अन्य पदाधिकारीले सघाएका थिए । कार्यक्रममा झण्डै १२० जना अभिभावक तथा किशोरकिशोरीको सहभागिता थियो ।
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
‘मिलारेपा’ नाटकका निर्देशक बुद्धि तामाङ लन्डन आइपुगे
नेपालमा प्रतिनिधिसभा निर्वाचन : पाँच स्थानमा महिला उम्मेदवार विजयी
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
इरान आक्रमणप्रति चीनको असहमति