लन्डन । म्याग्दी ओभरसिज नेपलिज एसोसिएसन (मोना) युकेको अध्यक्षमा दल जुग्जाली चयन भएका छन् । शनिबार अल्डरसटस्थित द प्यालेसमा भएको छैटौँ अधिवेशनले २७ सदस्सीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा कुमार फगामी, लीला पुन र होम रोका, महासचिवमा लाल पुन, सचिवमा विष्णु भण्डारी, कोषाध्यक्षमा पदम गर्बुजा, सहकोषाध्यक्षमा नील प्रसाद पुर्जा रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा गंगाप्रसाद पुर्जा, देउजीत पुर्जा, भक्त रोका, बिल पुर्जा, मनदीप जुग्जाली, बागबीर पुन, टेक बुढाथोकी, नुनु थापा, चित्र बुढा, टकलाल पुन, सुश्री तारा पुर्जा र बिमला गर्बुजा रहेका छन् ।
त्यसैगरी म्याग्दीका विभिन्न क्षेत्रका प्रतिनिधिका रुपमा बेनी नगरपालिका किसान जिसी, मालिका गाउँपालिका साम गुरुङ, अन्नपूर्ण गाउँपालिका तिलक पुन, धौलागिरी गाउँपालिका तारा रोका, रघुगंगा गाउँपालिका राम पुन, मंगला गाउँपालिका तेजेन्द्र रोका सदस्य छन् ।
अधिवेसनको उद्घाटन पूर्व सांसद नरबहादुर पुनले गरेका थिए भने अधिवेसन सम्पन्न गर्नका लागि पूर्व अध्यक्ष उमेश रानाको संयोजकत्वमा सहसंयोजक रत्न शाही र सदस्य लीलामान शेरपुञ्जा निर्वाचन समिति गठन गरिएको थियो । त्यस्तै विधान संशोधनका लागि अमर मल्लको संयोजकत्वमा कृष्ण जुग्जाली र अर्जुन तिलिजा रहेका समिति गठन गरिएको थियो ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन