लन्डन । नेपाल पत्रकार महासंघ युकेका सदस्य तथा तमुधिं युके अध्यक्ष ज्ञाम गुरुङकी आमा श्रीमती चिजा गुरुङको बिहीबार बिहान पोखरा नयां बजारस्थित आफ्नै निवासमा निधन भएको छ । निधनको खबरले नेपाल पत्रकार महासंघ युके शाखा स्तब्ध भएको छ । शाखा अध्यक्ष नरेश खपाङ्गीमगरले बिहीबार सांझ एक शोक बक्तव्य जारी गर्दै दुःखद घडीमा श्रीमती गुरुङको आत्माको चिरशान्तिको कामनासहित शोकसन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै समवेदना व्यक्त गरेका छन् ।
३० डिसेम्बर सांझ रेडिङस्थित रिभरमिड लिजर कम्प्लेक्समा ‘फो ल्होछार’ मनाउने भव्य तयारी भइरहंदा अध्यक्ष गुरुङलाई मातृशोक परेको हो । गुरुङ बिहीबार नै नेपाल प्रस्थान गरेको पारिवारिक श्रोतले जनाएको छ । ल्होछारमा वर्तमान अध्यक्ष ज्ञाम गुरुङले दशौं कार्यसमितिका नवनिर्वाचित अध्यक्ष नन्दजंग गुरुङलाई अध्यक्षको कार्यभार हस्तान्तरण गर्ने कार्यक्रम थियो । गुरुङले यसपटकको ल्होछार अझ विशेष बन्ने बताएका थिए । उक्त कार्यक्रममा प्रदेश ४ का आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ सहभागी हुने भएका छन् ।
बेलायतका तमुहरुले धार्मिक परम्परा अनुसार कुकुर वर्गको विदाइ र मृग वर्गको स्वागत गर्दै ‘फो ल्होछार’ मनाउंदै छन् ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा