
चितवनको सौराहामा बुधबारदेखि शुरु भएको १५ औँ चितवन हात्ती महोत्सवमा पुग्नु भएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वागत गर्दै आयोजकहरु । तस्वीर – नारायण अधिकारी, चितवन, रासस
भरतपुर, ११ पुस – चितवनको पर्यटकीय क्षेत्र सौराहामा आजदेखि ‘पन्ध्रौँ चितवन हात्ती महोत्सव’ शुरु भएको छ ।
सौराहाको बाघमारा चौरमा शुरु भएको महोत्सवमा आज पहिलो दिन हात्ती वाक र छावाको मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । हात्ती वाकतर्फ भएको प्रतिस्पर्धामा चार वटा हात्ती दोस्रो चरणमा प्रवेश गरेका छन् । लक्की कली, पूजा कली, रानीमाया कली र गुलाफ कली दोस्रो चरणमा प्रवेश गरेका हुन् । एउटा हात्ती भने पहिलो चरणबाटै बाहिरिएको छ । हात्ती वाक प्रतियोगितामा १५ वटा हात्तीको सहभागिता थियो ।
यसैगरी हात्तीका छावाको मैत्रीपूर्ण फुटबल खेलमा मेगा बैंकले एमइ ट्राभल एण्ड टुर्सलाई १–० गोल अन्तरले पराजित गरेको छ । बिहीबार हात्तीको वनभोज र अन्य प्रतियोगिता हुनेछ ।
महोत्सवमा आज साङ्गीतिक कार्यक्रमअन्तर्गत लोक गायक मिलन लामा, नेत्रजी पन्तलगायतको कलाकारले साङ्गीतिक प्रस्तुति दिएका छन् ।
महोत्सव अवधिभर हात्ती वनभोज कार्यक्रम, हात्ती छिटो हिँड्ने (हात्ती वाक) प्रतियोगिता, हात्तीको छावाको फुटबल प्रतियोगिता, हात्ती सुन्दरी प्रतियोगिता, हात्ती पोलो, हात्ती शृङ्गार प्रतियोगिता र राष्ट्रिय तथा स्थानीय कलाकारको विविध सांस्कृतिक कार्यक्रम रहने आयोजक क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका अध्यक्ष सुमन घिमिरेले जानकारी दिनुभयो ।
अङ्ग्रेजी नयाँ वर्षको अवसर पारी आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्दै लोप हुँदै गएको हात्तीको संरक्षण र यसको महत्वबारे जानकारी दिन तथा वन्यजन्तु संरक्षणमा एकजुट हुनका लागि चितवन हात्ती महोत्सव गरिएको अध्यक्ष घिमिरेले बताउनुभयो ।
यस्तै महोत्सवका क्रममा ‘साहित्य र पर्यटन’ विषयक विशेष कार्यक्रम आयोजनासमेत गरिनेछ । स्थानीय युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था, बाघमारा सामुदायिक वन, सौराहा बचत तथा ऋण सहकारी संस्था, रेवान सौराहा, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतको सहकार्यमा शुरु भएको महोत्सव पाँच दिनसम्म चल्नेछ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
‘मिलारेपा’ नाटकका निर्देशक बुद्धि तामाङ लन्डन आइपुगे
नेपालमा प्रतिनिधिसभा निर्वाचन : पाँच स्थानमा महिला उम्मेदवार विजयी
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
इरान आक्रमणप्रति चीनको असहमति