
चितवनको सौराहामा बुधबारदेखि शुरु भएको १५ औँ चितवन हात्ती महोत्सवमा पुग्नु भएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वागत गर्दै आयोजकहरु । तस्वीर – नारायण अधिकारी, चितवन, रासस
भरतपुर, ११ पुस – चितवनको पर्यटकीय क्षेत्र सौराहामा आजदेखि ‘पन्ध्रौँ चितवन हात्ती महोत्सव’ शुरु भएको छ ।
सौराहाको बाघमारा चौरमा शुरु भएको महोत्सवमा आज पहिलो दिन हात्ती वाक र छावाको मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । हात्ती वाकतर्फ भएको प्रतिस्पर्धामा चार वटा हात्ती दोस्रो चरणमा प्रवेश गरेका छन् । लक्की कली, पूजा कली, रानीमाया कली र गुलाफ कली दोस्रो चरणमा प्रवेश गरेका हुन् । एउटा हात्ती भने पहिलो चरणबाटै बाहिरिएको छ । हात्ती वाक प्रतियोगितामा १५ वटा हात्तीको सहभागिता थियो ।
यसैगरी हात्तीका छावाको मैत्रीपूर्ण फुटबल खेलमा मेगा बैंकले एमइ ट्राभल एण्ड टुर्सलाई १–० गोल अन्तरले पराजित गरेको छ । बिहीबार हात्तीको वनभोज र अन्य प्रतियोगिता हुनेछ ।
महोत्सवमा आज साङ्गीतिक कार्यक्रमअन्तर्गत लोक गायक मिलन लामा, नेत्रजी पन्तलगायतको कलाकारले साङ्गीतिक प्रस्तुति दिएका छन् ।
महोत्सव अवधिभर हात्ती वनभोज कार्यक्रम, हात्ती छिटो हिँड्ने (हात्ती वाक) प्रतियोगिता, हात्तीको छावाको फुटबल प्रतियोगिता, हात्ती सुन्दरी प्रतियोगिता, हात्ती पोलो, हात्ती शृङ्गार प्रतियोगिता र राष्ट्रिय तथा स्थानीय कलाकारको विविध सांस्कृतिक कार्यक्रम रहने आयोजक क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका अध्यक्ष सुमन घिमिरेले जानकारी दिनुभयो ।
अङ्ग्रेजी नयाँ वर्षको अवसर पारी आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्दै लोप हुँदै गएको हात्तीको संरक्षण र यसको महत्वबारे जानकारी दिन तथा वन्यजन्तु संरक्षणमा एकजुट हुनका लागि चितवन हात्ती महोत्सव गरिएको अध्यक्ष घिमिरेले बताउनुभयो ।
यस्तै महोत्सवका क्रममा ‘साहित्य र पर्यटन’ विषयक विशेष कार्यक्रम आयोजनासमेत गरिनेछ । स्थानीय युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था, बाघमारा सामुदायिक वन, सौराहा बचत तथा ऋण सहकारी संस्था, रेवान सौराहा, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतको सहकार्यमा शुरु भएको महोत्सव पाँच दिनसम्म चल्नेछ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
सञ्चारकर्मी टीकाराम यात्री बेलायतस्थित ए स्टार मोर्गेजेजको ‘ब्रान्ड एम्बास्डर’ नियुक्त
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण