लन्डन । प्रदेश ४ का आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ तमुधिं यूकेको ल्होछारमा सहभागी हुने भएका छन् । तमुधिं यूकेको १८ औं ल्होछारमा प्रमुख आतिथ्य ग्रहण गर्न मन्त्री गुरुङ आफ्नी जीवनसंगिनी कृष्णकुमारी श्रेष्ठका साथ बेलायत आउने निश्चित भएको हो । ३० डिसेम्बर सांझ रेडिङस्थित रिभरमिड लिजर कम्प्लेक्समा ‘फो ल्होछार’ भव्य मनाउने तयारी छ ।
मन्त्री दम्पति २७ तारिख बेलुका कतार एयरवेजबाट लन्डन हिथ्रो विमानस्थल उत्रने कार्यक्रम छ । बेलायत उत्रिएपछि मन्त्री गुरुङ २९ तारिखमा साउथ इष्ट रिजनल तमुधिंले आयोजना गर्ने ल्होछारमा समेत सहभागी हुनेछन् । लन्डनस्थित नेपाली दूतावासले मन्त्री गुरुङको सम्मानमा एक कार्यक्रम गर्ने भएको छ भने एनआरएनए यूके र प्रवासी नेपाली मञ्च बेलायतले पनि बेग्ला बेग्लै कार्यक्रम गर्ने बताइएको छ ।
बेलायतका तमुहरुले धार्मिक परम्परा अनुसार कुकुर वर्गको विदाइ र मृग वर्गको स्वागत गर्दै ‘फो ल्होछार’ मनाउने भएका छन् । तमुधिं यूकेको ल्होछारमा सहभागी हुन लामा धर्म गुरु खेम्पो सन्तोष गुरुङ र लामा खुशीमान गुरुङ बेलायत आइसकेका छन् । राष्ट्रिय कलाकारहरुको समेत कार्यक्रममा सहभागिता हुने तय भएको छ । यसपटक तमुधिं यूकेले ल्होछारमा चर्चित गायक तथा संगीतकार टंक बुढाथोकी, अन्य गायक गायिका अनु गुरुङ र गोविन गुरुङलाई निम्त्याएको छ । बुढाथोकी बुधबार लन्डन आइपुग्ने छन् भने अनु र गोविन २८ तारिख लन्डनमा आइपुग्ने कार्यक्रम छ । उक्त कार्यक्रममा गोर्खाली समाज यूकेको निम्तोमा लन्डन आइसकेकी शिला गुरुङका अलवा बेलायतमै रहेका गायिकाहरु आंचल लामा र रुबी गौलीले पनि प्रस्तुति दिनेछन् ।
यसपटक ल्होछार विशेष हुने तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले जानकारी दिए । ज्ञाम गुरुङले सोही अवसरमा दशौं कार्यसमितिका नवनिर्वाचित अध्यक्ष नन्दजंग गुरुङलाई अध्यक्षको कार्यभार हस्तान्तरण गर्नेछन् । त्यस दिन बिहान १० देखि २ बजेसम्म धार्मिक कार्यक्रम र सांझ ५ देखि राती १ बजेसम्म सांस्कृतिक, अवार्ड वितरण कार्यक्रम एवं डिजे डान्स गरिने तमुधिं यूकेले जनाएको छ । अध्यक्ष गुरुङले तमुधिं यूकेका हालसम्मका ८ वटा अध्यक्षहरुको विचार, अनुभव तथा तमुधिं यूके इतिहास समेटिएको ‘निरन्तर नेतृत्व’ नामक पुस्तक र मुखपत्र ‘फ्रेंसी’ विमोचन समेत हुने जानकारी दिए ।
राजदूत डा. दुर्गाबहादुर सुवेदी पनि सहभागी हुने उक्त ल्होछारमा जिसिएसइ र ए लेभलमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई डा. हर्क अवार्ड प्रदान गरिने छ । साथै एक तोला सुन पहिलो पुरस्कार भएको ‘राफल ड्र’ खेलाइने छ । सहभागिता उल्लेख्य बनाउन तमुधिं यूकेले अल्डरसट, फार्नबोरो, क्याम्बर्ली, लन्डन प्लमस्टिडबाट बस सेवा समेत व्यवस्था गरेको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा