
लन्डन । पूर्व काउन्सिलर तथा दि गोर्खा मेमोरियल फण्डका अध्यक्ष धन गुरुङले बेलायतका घरवारबिहीनलाई ‘क्रिसमस भोज’ ख्वाएका छन् । मातृभूमिका लागि समाजसेवामात्र होइन, बेलायतमा पनि च्यारिटी कर्ममा संलग्न रहंदै आएका गुरुङले शनिबार फोकस्टन टाउनका १६ जना घरवारबिहीनलाई नेपाली खाना प्रवन्ध गरिदिएका हुन् ।
गोर्खा मेमोरियल गार्डेन अफ रिमेम्बरेन्समा आयोजित क्रिसमस पार्टीमा घरवारबिहीनले नेपाल र नेपाली मन, खाना एवं गोर्खाको प्रशंसा गरेका थिए । ‘मैले अझ धेरै सहभागिताका लागि प्रयास गरें तर सकिन’- बेलायतमा नेपाली मुलका पहिलो काउन्सिलर गुरुङले भने, ‘सर्वत्र क्रिसमस रमझम भइरहेका बेला ति घरवारविहीनहरुको दयनीय अवस्थाले मेरो मन छोयो र आफ्नो क्षमताले भ्याएको गरें ।’
पछिल्लो पटक बेलायतमा घरवारबिहीनहरुको संख्या बढिरहेको पाइएको छ । अफिस फर नेशनल स्टयाटिसटिक्सले केही दिन अघि मात्र सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्ष सन् २०१७ मा कम्तीमा ५९७ घरवारबिहीन नागरिकको सडक वा अस्थायी वसोवास स्थलमा मृत्यु भयो । सरकारले पहिलो पटक सार्वजनिक गरेको उक्त तथ्यांकमा यो मृत्युदर संख्या पांच वर्ष अवधिमा २४ प्रतिशतले बढि हो ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे