
एभरेष्ट प्रिमियर लिग (इपिएल) टी २० क्रिकेट प्रतियोगितामा शनिबार किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ललितपुर प्याट्रिओट्स र भैरहवा ग्लाडिएटर्सबीचको खेल विजयीपछि ललितपुर प्याट्रिओट्सका खेलाडीहरु ट्रफिका साथमा । तस्वीर – रोशन सापकोटा, रासस
काठमाडौँ, ७ पुस – तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको उपाधि ललितपुर प्याट्रिओट्सले जितेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको फाइनलमा भैरहवा ग्लाडियटर्सलाई १४ रनले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो । ललितपुरले उपाधिसहित रु २५ लाख प्राप्त गरेको छ । उपविजेता बनेको भैरहवाले रु १० लाख प्राप्त गरेको छ । भैरहवा पुनः दोस्रो पटक उपविजेता बनेको छ । गत सिजन पनि भैरहवा उपविजेता बनेको थियो ।
ललितपुरले दिएको १५६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भैरहवाले पूरै २० ओभर खेल्दै नौ विकेट गुमाएर १४१ रन बनाउन सक्यो । भैरहवाका लागि प्रदीप ऐरीले ३४, रबी इन्दर सिंहले २९, कुशल मल्लले १६, कप्तान शरद भेषावकर र रायन टेन डेसकाटे समान १४-१४ रन बनाएका थिए ।
ललितपुरका ललित नारायण राजवंशीले तीन, पवन सर्राफ र योगेन्द्रसिंह कार्कीले दुई-दुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले १९ ओभर १ बलमा सबै विकेट गुमाउँदै १५५ रन जोडेको थियो । ललितपुरका लागि जयकिशन कोल्शावालाले ५७, सन्दीप जोराले २४, गौरव तमोरले २३, कुशल भूर्तेलले ११ र कप्तान ज्ञानेन्द्र मल्लले १० रन जोडेका थिए । भैरहवाका कृष्ण कार्कीले तीन, मोहमद नाभिद र रायन टेन डेसकाटेले समान दुई-दुई विकेट लिएका थिए ।
विजेता टोलीलाई राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टलगायतले पुरस्कार तथा ट्रफी प्रदान गर्नुभएको थियो । गत मङ्सिर २२ गतेदिख शुरु भई आज समापन भएको प्रतियोगितामा विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किङ्ग्स ११, ललितपुर प्याट्रिओट्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गरेका थिए ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते