लण्डन, ५ पुस – बेलायतले सिरियाबाट अमेरिकी सेना हटाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयमा पुनः विचार गर्न आग्रह गरेको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकाले सिरियामा सक्रिय जिहादी शून्य समुदायको सङ्गठन, स्लामिक स्टेट (आइएसआइएस) पराजित भएको बुधबार एक ट्वीट मार्फत् बताउनुभएको थियो ।
बेलायतले भने सिरियामा लडाकूहरु विरुद्धको लडाई अझै नसकिएकाले अहिले नै अमेरिकी सेना फिर्ता गर्ने बेला नभएको बताएको छ ।
“दाएस विरुद्धको विश्वव्यापी गठबन्धनले ठुलो प्रगति त गरेको छ, तर उनीहरुबाट हुने चुनौती भने अझै पनि कायमै रहेको छ,” बेलायती प्रधानमन्त्री टेरेजा मेका प्रवक्ताले भन्नुभयो ।
देशको कुनै पनि क्षेत्र उनीहरुको चुनौतीबाट मुक्त नभएको पनि उहाँले बताउनुभयो ।
“बेलायती जनताको सुरक्षाका लागि सरकारले आवश्यक काम जारी नै राख्नेछ, साथै हाम्रो गठबन्धन र साझेदारहरुले पनि त्यसलाई सहयोग गर्नेछन्,” एक जना विदेशी कर्मचारीले भने ।
संचार माध्यमहरुले सिरियाबाट अमेरिकी सेना फर्काउने निर्णयमा अमेरिकाले बेलायतलाई कुनै सूचना नदिएको उल्लेख गरेका छन् ।
राष्ट्रपति ट्रम्पले अमेरिकी टेलिभिजन च्यानल सीएनएनले अमेरिकाले छिट्टै सिरियाबाट आफ्नो सैनिकलाई पूर्णरूपमा फिर्ता बोलाउने योजना रहेको बताउनु भएको थियो । उहाँले आइएस पराजित भइसकेको पनि दावी गर्नु भएको छ ।
आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा एक अधिकारीले पनि भनेका थिए, “सिरियाबाट सम्पूर्ण रूपमा सेना फर्किने तयार भइरहेको छ ।”
“हामीले सकेसम्म छिट्टै सिरियामा आफ्नो समूहलाई सघाउने सबैको सुरक्षाको प्रत्याभूत गराउँदै फर्किने तयारीमा छौँ ।”उनको भनाई थियो ।
अहिले सिरियामा अमेरिकाका झण्डै दुई हजार सुरक्षाकर्मी रहेको बताइएको छ । उनीहरु अधिकांश आइएस लडाकूहरुसँग लड्ने स्थानीय सुरक्षाफौजलाई सहयोग गर्ने काममा रहेका थिए ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे