
लण्डन – बेलायत यूरोपेली संघ (इयू) बाट बहिर्गमनपछि इयू क्षेत्रबाट बेलायत आप्रबासनबारे बेलायतको प्रस्ताब बुधबार सार्वजनिक गरिएको छ । तर व्यवसायिक समूहहरूले ‘ब्रेक्जिट’ सम्झौता गरिनु पहिले आप्रबासनबारे लिइने कडा नीतिले बेलायती अर्थतन्त्रलाई समस्या पार्नसक्ने भनी यस बिषयमा संवेदनशील बन्न आग्रह गरेका छन् ।
बेलायती गृह मन्त्री साजिद जाबिदले भन्नुभयो, “ब्रेक्जिटपछि इयू सदस्य राष्ट्रहरूबाट बेलायत आउने नागरिकलाई भिसाको व्यवस्था गरिने छ र नयाँ नियम अनुसार योग्यताका आधारमा प्रबेश गर्न पाइने व्यवस्था गरिनेछ । तर, राष्ट्रियताका आधारमा होइन । यसले इयू र इयूबाहेकका व्यक्तिहरूलाई बेलायत प्रबेशमा समानता ल्याउनेछ ।”
‘यो कुल आप्रवासन समस्यालाई व्यवस्थित गर्न र दीर्घकालीन सामाधानको बाटो तय गर्ने महत्वपूर्ण आधार बन्नेछ’-उहाँले बीबीसी रेडियोसँगको कुराकानीमा बताउनुभयो । उहाँले थप्नुभयो, ‘यो नयाँ नीति आप्रबासीको जनसङ्ख्यालाई घटाउने कुनै विशेष लक्ष्य भने होइन ।’
उहाँले भन्नुभयो, “नयाँ नियमले स्वदेशी कामदारलाई प्राथमिकता दिने र आप्रवासी श्रमिकमाथि थप दवाब भने पर्नेछ ।”
आप्रवासीबारे गलत धारणा
जाविदले इयूबाट बेलायत गएर काम गर्दै आएका आप्रवासीहरूलाई बार्षिक ज्याला कति तोक्ने भन्नेबारे निश्चित रकमको प्रतिवद्धता जाहेर गर्नुभएको छैन । तर यो ३० हजार पाउण्डस्टर्लिङ डलरदेखि ३८ हजार हजार पाउण्डस्टर्लिङ वा त्यही आसपास रहने प्रस्तावमा उल्लेख रहेको उहाँले बताउनुभयो ।
न्यूनतम बार्षिक तलबको सीमारेखालाई विदेशी विद्यार्थीलाई बेलायत प्रवेश र काममा प्रोत्साहन साथै बेलायती अर्थतन्त्रको निश्चित भागमा योगदान होस भन्ने अभिप्रायका साथ निर्धारण गरिएको उहाँले बताउनुभयो ।
राष्ट्रिय स्वास्थ्य सेवालगायतका क्षेत्रका धेरै रोजगारदाताहरूले तीस हजार पाउण्डस्टर्लिङको सीमा निकै धेरै भएको र यसले इयूका नर्स वा अन्य नागरिकलाई ल्याउन कठीन हुने बताएका छन् ।
आप्रवासनसम्बन्धी प्रस्ताव ब्रेक्जिटविरुद्धमा कट्टरवादी धारणा राख्दै आएका बेलायतीहरूको मन जित्ने र प्रधानमन्त्री टेरेजा मे ले इयूका नेताहरूसँग गरेको सम्झौताको पक्षमा संसदमा मतदान गर्न सघाउने उद्देश्यका साथ आप्रवासनबारेको प्रस्ताव आएको हो ।
प्रस्तावले राजधानी लण्डनलगायतका केही भागमा आवेग सिर्जना गर्नसक्ने देखिएको छ किनकि लण्डनमा इयूबाट गएर बसोबास गर्दै आएका आप्रवासीहरूको सङ्ख्या धेरै छ ।
लण्डन महानगरका प्रमुख सादिक खानले सरकारको धारणा गलत भएको र यसले विकास, रोजगारी र लण्डन वरपरका समुदायलाई व्यापक क्षति पुरयाउने बताउनुभएको छ ।
सन् २०१४ र सन् २०१५ तिर बेलायतमा बसोबास गर्ने आप्रवासीहरूको सङ्ख्या तीन लाखभन्दा बढी रहेकोमा गत बर्ष यो सङ्ख्यामा कमी आएर झण्डै दुई लाख ८० हजार पुगेको बताइएको छ ।
ब्रेक्जिट सम्झौताबाट बेलायती व्यवसायीहरू प्रभावित बन्ने त्रासले उनीहरूले निरन्तर इयूबाट बहिर्गमनपश्चात पनि बेलायत इयूप्रति लचकदार रहनुपर्ने धारणा राख्दै आएका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा