लन्डन । ट्वीटरमा दूतावासका साना ठूला सबै कुरा पनि अपडेट गरिरहने बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले मङ्गलबार साँझ बेग्लै किसिमको पोष्ट गरे । ’मेरो व्यक्तिगत र दूतावास कर्मचारीहरुको इमेलहरु अपरिचित ह्याकरहरुबाट ह्याक गरियो र नक्कली समाचारका लागि प्रयोग गरियो । भ्रामक कुराकानीले अन्योल सिर्जना गरिरहेको छ ।’
त्यसको १० मिनेटअघि सुवेदीले गरेको ट्वीटमा ‘अपरिचित ह्याकरहरुबाट भएको ह्याकिङ प्रयासका कारण इमेलमा गम्भीर समस्या भोग्नुपरिरहेको’ उल्लेख थियो । यूकेमा पनि साइबर सुरक्षामा खतरा बढिरहेको उनले ट्वीटमा उल्लेख गरेका छन् ।
राजदूतको दुई ट्वीटबाट उनको व्यक्तिगत तथा दूतावासका कर्मचारीको इमेल ह्याक भएको प्रष्ट हुन्छ । तर ह्याक भएको इमेलबाट के कति असर पुग्यो भन्ने चाहिँ उल्लेख छैन् ।
यसबारेमा मङ्गलबार साँझ नै वीनेपालीले दूतावासका प्रवक्ता शरदराज आरणसित सम्पर्क गर्दा यो ठूलो समस्या नभएको र समाधान भइसकेको बताए । तर, बुधबार साँझ राजदूत सुवेदीले ‘अहिले खासै समस्या नरहेको तर गत हप्ताहरुदेखि नै व्यक्तिगत र कार्यालयका इमेलहरुमा सुरक्षा संकेतहरु पटकपटक आएको’ बताए ।
उनले अहिले सबै ठीक भएको तर अझै सचेत हुनुपर्ने अवस्था रहेको पनि बताएका छन् ।
ह्याकिङ कसले किन गर्न खोजेको थियो यकिन भइसकेको छैन् ।
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
नेपालको प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने