लन्डन । ट्वीटरमा दूतावासका साना ठूला सबै कुरा पनि अपडेट गरिरहने बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले मङ्गलबार साँझ बेग्लै किसिमको पोष्ट गरे । ’मेरो व्यक्तिगत र दूतावास कर्मचारीहरुको इमेलहरु अपरिचित ह्याकरहरुबाट ह्याक गरियो र नक्कली समाचारका लागि प्रयोग गरियो । भ्रामक कुराकानीले अन्योल सिर्जना गरिरहेको छ ।’
त्यसको १० मिनेटअघि सुवेदीले गरेको ट्वीटमा ‘अपरिचित ह्याकरहरुबाट भएको ह्याकिङ प्रयासका कारण इमेलमा गम्भीर समस्या भोग्नुपरिरहेको’ उल्लेख थियो । यूकेमा पनि साइबर सुरक्षामा खतरा बढिरहेको उनले ट्वीटमा उल्लेख गरेका छन् ।
राजदूतको दुई ट्वीटबाट उनको व्यक्तिगत तथा दूतावासका कर्मचारीको इमेल ह्याक भएको प्रष्ट हुन्छ । तर ह्याक भएको इमेलबाट के कति असर पुग्यो भन्ने चाहिँ उल्लेख छैन् ।
यसबारेमा मङ्गलबार साँझ नै वीनेपालीले दूतावासका प्रवक्ता शरदराज आरणसित सम्पर्क गर्दा यो ठूलो समस्या नभएको र समाधान भइसकेको बताए । तर, बुधबार साँझ राजदूत सुवेदीले ‘अहिले खासै समस्या नरहेको तर गत हप्ताहरुदेखि नै व्यक्तिगत र कार्यालयका इमेलहरुमा सुरक्षा संकेतहरु पटकपटक आएको’ बताए ।
उनले अहिले सबै ठीक भएको तर अझै सचेत हुनुपर्ने अवस्था रहेको पनि बताएका छन् ।
ह्याकिङ कसले किन गर्न खोजेको थियो यकिन भइसकेको छैन् ।
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै