लन्डन । गैर आवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष कुल आचार्यले चीनको भ्रमण गरेर एनआरएन चीनको नवगठित तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरुलाई बधाई दिएका छन् ।
गत डिसेम्बर ८ र ९ तारिखमा हङकङमा गैर आवासीय नेपाली संघ एशिया प्यासिफिकको छैठौं क्षेत्रीय सम्मेलन तथा प्रथम महिला सम्मेलनमा भाग लिएपछि हङकङका सफल व्यवसायी जगन्नाथ ज्ञवालीका साथ आचार्य चीनको ग्वाङजाउ पुगेका थिए ।
त्यहाँ आयोजित एक कार्यक्रममा उनले गैरआवासीय नेपाली संघ चीनको नवगठित तदर्थ समितिका अध्यक्ष सुदेश कुमार झा लगायत पदाधिकारी तथा सदस्यहरुलाई बधाई दिए । उनले एनआरएनए आइसिसीको मापदण्ड अनुसार समयमै वार्षिक साधारण सभा गराउन सुझाव दिए ।
त्यस्तै एनआरएनएको च्यारिटी टास्कफोर्सका संयोजक पनि रहेका आचार्यले गैरआवासीय नेपाली संघ चीनका पदाधिकारी तथा सदस्यहरुलाई नेपालमा आ-आफ्नो गाउँठाउँमा कल्याणकारी काम गर्न आग्रह गरे । उनले चीनमा बसोबास गर्ने सबैजसो नेपालीहरुले केही न केही व्यवसाय गरिरहेको थाहा पाउँदा आफू अत्यन्त खुसी भएको पनि बताए ।
सो अवसरमा तदर्थ समितिका अध्यक्ष झाले उपाध्यक्ष आचार्यलाई ग्वाङजाउमा स्वागत गर्न पाएकोमा खुसी व्यक्त गर्दै चीनमा विभिन्न पेशा र व्यवसायमा संलग्न सबै गैर आवासीय नेपालीहरुलाई समेटन आफूहरु लागीपरेको बताएका थिए ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे