लन्डन । गैर आवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष कुल आचार्यले चीनको भ्रमण गरेर एनआरएन चीनको नवगठित तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरुलाई बधाई दिएका छन् ।
गत डिसेम्बर ८ र ९ तारिखमा हङकङमा गैर आवासीय नेपाली संघ एशिया प्यासिफिकको छैठौं क्षेत्रीय सम्मेलन तथा प्रथम महिला सम्मेलनमा भाग लिएपछि हङकङका सफल व्यवसायी जगन्नाथ ज्ञवालीका साथ आचार्य चीनको ग्वाङजाउ पुगेका थिए ।
त्यहाँ आयोजित एक कार्यक्रममा उनले गैरआवासीय नेपाली संघ चीनको नवगठित तदर्थ समितिका अध्यक्ष सुदेश कुमार झा लगायत पदाधिकारी तथा सदस्यहरुलाई बधाई दिए । उनले एनआरएनए आइसिसीको मापदण्ड अनुसार समयमै वार्षिक साधारण सभा गराउन सुझाव दिए ।
त्यस्तै एनआरएनएको च्यारिटी टास्कफोर्सका संयोजक पनि रहेका आचार्यले गैरआवासीय नेपाली संघ चीनका पदाधिकारी तथा सदस्यहरुलाई नेपालमा आ-आफ्नो गाउँठाउँमा कल्याणकारी काम गर्न आग्रह गरे । उनले चीनमा बसोबास गर्ने सबैजसो नेपालीहरुले केही न केही व्यवसाय गरिरहेको थाहा पाउँदा आफू अत्यन्त खुसी भएको पनि बताए ।
सो अवसरमा तदर्थ समितिका अध्यक्ष झाले उपाध्यक्ष आचार्यलाई ग्वाङजाउमा स्वागत गर्न पाएकोमा खुसी व्यक्त गर्दै चीनमा विभिन्न पेशा र व्यवसायमा संलग्न सबै गैर आवासीय नेपालीहरुलाई समेटन आफूहरु लागीपरेको बताएका थिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा