लण्डन । बर्न्टओक नेपाली समाजको १४ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
सभाको शुरुमा संस्थाका महासचिव भोला पनेरुले संस्थाको वार्षिक कार्यप्रगति विवरण प्रस्तुत गरे । त्यस्तै अध्यक्ष उदय गुरुङले कोषाध्यक्षको तर्फबाट आयव्यय विवरण प्रस्तुत गरेका थिए । आमा समूहकी कोषाध्यक्ष कमला गुरुङले आमा समूहको प्रगति विवरण प्रस्तुत गरेकी थिइन् ।
महासचिव पनेरुले हालै समाजले दुई जना सदस्यहरु खडग लुंगेली मगर तथा आरती कम्मु गुरुङलाई गुमाएको बताउँदै उहाँहरुको परिवारलाई सहयोग पुरयाएको बताए ।
साधारणसभामा बोल्दै समाजका मिडिया संयोजक भगीरथ योगीले बर्न्टओक नेपाली समाजको सहयोगमा नेपाली भाषा तथा सांस्कृतिक केन्द्रले गएको दुई वर्षदेखि बालबालिकाकालागि नेपाली भाषा कक्षा सन्चालन गरिरहेको जानकारी दिए । उनले बालबालिकालाई नेपाली बाहेक योग, ध्यान र गीत, संगीत सिकाउने गरिएको पनि बताए । योगीले आगामी दिनमा पनि समाजले नेपाली कक्षालाई सहयोग जारी राख्ने आशा पनि व्यक्त गरे ।
समाजले आउँदो वर्ष १९ अक्टोबरका दिन दशैं तिहारको अवसरमा शुभकामना साँझ तथा १५ जुनमा गृष्मकालिन समर आउटिङ आयोजना गर्ने निधो गरेको छ ।
साधारणसभाले छलफल पछि संस्थाको विधानका केही बुँदाहरु संशोधन गरेको थियो ।
सभाको अन्त्यमा संस्थाका अध्यक्ष उदय गुरुङले सबै सदस्यहरुलाई धन्यवाद दिँदै समाजका सदस्य वयोवृद्ध भूतपूर्व गोर्खा बुवाआमालाई विशेष सहयोगको आवश्यकता परेको बताए । उनले समाजले युवाहरुकालागि खेलकुद आदि कार्यक्रम आयोजना गरी नयाँ पुस्तालाई पनि एक सुत्रमा जोडन काम गरिरहेको पनि बताए ।
साधारणसभा बर्न्टओकस्थित गोस्पेल चर्चमा आयोजना गरिएको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा