लन्डन । बेलायतको नेपाली इभेन्टमध्ये हालसम्मकै उच्च पुरस्कार राशी ५ हजार पाउण्डको फुटबल लिग हुने भएको छ । आगामी मे २० देखि २४ सम्म अल्डरसट फुटबल स्टेडियममा इन्टरनेशनल नेपलिज फुटबल लिग खेलाउन लागिएको हो । उक्त लिगको च्याम्पियन टिमले ५ हजार पाउण्ड र रनरअपले २ हजार पाउण्ड नगद पुरस्कार तथा आकर्षक ट्रफी पाउने आयोजकले जनाएका छन् । दिनेश (डिन) श्रेष्ठ, सन्दीप पौडेल र नवीन गुरुङ आयोजक हुन् ।
आयोजकमध्ये एक दिनेश श्रेष्ठले ११ ए साइड उक्त प्रतियोगितामा कुल ३२ टिमले प्रतिष्पर्धा गर्ने जानकारी दिए । प्रतियोगितामा फेयर प्ले टिमले २५० पाउण्ड, वेष्ट प्लेयरले ३०० पाउण्ड, टप गोल स्कोररले १५० पाउण्ड र वेष्ट गोल किपरले १०० पाउण्ड र ट्रफी पाउनेछन् ।
उक्त प्रतिष्पर्धामा भाग लिन छिट्टै टिम दर्ता प्रक्रिया खुल्ला गरिने र प्रति टिम ४५० पाउण्ड शुल्क लाग्ने जनाइएको छ ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे