लन्डन । एनआरएनए यूकेको इङल्याण्ड राज्य समन्वय परिषद गठनमा ढिलाइले असन्तुष्टि चुलिएको छ । संघको विधानमा चार राज्य समिति बनाउने स्पष्ट प्रावधानसहित वेल्स, नर्दन आयरल्याण्ड र स्कटल्याण्डमा राज्य समिति बनाइएपनि इङल्याण्ड समिति गठन प्रक्रिया रोकिएपछि संघविरुद्ध चर्को आलोचना शुरु भएको छ । इङल्याण्ड राज्य समन्वय परिषद गठन नगरि आउंदो साता लिभरपुलमा क्षेत्रीय समिति बनाउने तयारी भएपछि विशेषगरि मिडल्याण्ड क्षेत्रबाट यसको विरोध भएको हो ।
‘लिभरपुलमा क्षेत्रीय समिति गठन प्रक्रिया विधान विपरित छ’- इङल्याण्ड राज्य समितिको नेतृत्व गर्न इच्छुक रहेका एनआरएनए यूके सल्लाहकार दयानिधि सापकोटाले भने, ‘राज्य समितिको मातहतमा आवश्यकता अनुसारमात्र क्षेत्रीय समिति बनाउने विधानमा उल्लेख छ । तर, एनआरएनए यूकेका अध्यक्ष योगकुमार फगामी मनोमानी ढंगले चलेको हामीले महशुस गरेका छौं । इङल्याण्ड राज्य समिति गठन प्रक्रिया किन रोकिरहनु भएको छ हामीले बुझेनौं । यस्तै रवैया जारी रहे परिणाम प्रतिकुल पनि हुन सक्छ ।’
सापकोटाको नेतृत्वमा इङल्याण्ड राज्य समिति बनाउन कस्सिएका मिडल्याण्डका ७ प्रमुख नेपाली संघसंस्था र नर्दन आयरल्याण्ड राज्य समितिले पनि एनआरएनए यूकेप्रति रोष प्रकट गरेका छन् ।
‘मैले समाज, साथीहरुको इच्छा र दवाव भएपनि म नै बन्नुपर्छ कहिल्यै भनेको छैन्’- सापकोटाले भने, ‘प्रजातान्त्रिक प्रक्रिया अपनाउं, इच्छा हुने साथीहरु धेरै भए चुनावै गरेपनि केही छैन् भन्दा अध्यक्ष फगामी टेबुल वार्तामै आउन चाहेका छैनन् ।’
एनआरएनए यूके र मिडल्याण्ड क्षेत्रका एनआरएनबीच अहिले दुरी बढेको छ । फगामीले केही दिन अघि फेसबुकमा स्टाटस लेखे, ‘स्मरणरहोस्, यो कार्यसमिति कोही व्यक्ति, राजनीतिक, धार्मिक, स्वार्थ विशेष र पारिवारिक प्रेसरमा इङल्याण्ड राज्य समिति गठन हुने वाला छैन् ।’
फगामीको स्टाटस चेतावनीयुक्त देखिएपनि उनले आफू यसमा वाधक नबनेको बताएका छन् । ‘कार्यसमितिलाई दवाव दिएर हुन्न, हामीले इच्छा जाहेर गरेका साथीहरुलाई बोलाएर छलफल गरौं अनि छलफलबाट निष्कर्ष निकालेर समिति बनाउं भनेकै छ’- फगामीले वीनेपालीसंग भने ।
गत २ डिसेम्बर २०१८ मा स्कटल्याण्डको शपथ ग्रहणपछि विधानत नर्दन आयरल्याण्ड, वेल्स् र स्कटल्याण्ड राज्य समन्वय परिषदका अध्यक्षहरुमा क्रमशः लीलाराम निउरे, रामचन्द्र पोखरेल र मोहन कार्की चयन भएका छन् । तर, इङल्याण्ड राज्य समन्वय परिषदमा धेरैको स्वार्थ बाझिएका कारण राज्य विस्तारले पूर्णता पाउन सकेन ।
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे नेपाल सरकारसँग छलफल
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
‘मिलारेपा’ नाटकका निर्देशक बुद्धि तामाङ लन्डन आइपुगे