लण्डन । मगर संघ युकेको छैटौं अधिवेशन ६ अप्रिल २०१९ मा हुने भएको छ ।
संघको पाँचौं कार्यसमितिको शनिबार बसेको अन्तिम त्रैमासिक बैठकले सो निर्णय गरेको हो ।
अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सल्लाहकार विजय थापाको अध्यक्षतामा सात सदस्सीय निर्वाचन कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा लेफ्टिनेण्ट कर्णेल (रिटायर्ड) याम राना, संयोजकमा रमेश सराङकोटी र सदस्यसचिवमा नरेश खपाङगीमगर रहेका छन् भने बाँकी तीन सदस्य निर्वाचन समितिले तोक्ने बताइएको छ ।
यसैगरी बैठकमा जेहेन्दार विद्यार्थी च्यारिटी डिनरको समीक्षा गरिएको थियो । बैठकमा महासचिब लाल पुनले केन्द्रको गतिविधि, कोषाध्यक्ष नेत्र आलेले केन्द्रको आर्थिक गतिविधि, पूर्व अध्यक्ष मेजर कुलबहादुर थापाले हाउजिङ्ग, निवर्तमान अध्यक्ष दुत पुन र सल्लाहकार सुनिल रानाले मास्टर र पीएचडी कोषका लागि उठाइएको १ करोड रूपियाँ राशीका अक्षय कोषबारे जानकारी दिए ।
यस्तै शाखाका तर्फबाट केन्ट शाखाका अध्यक्ष क्याप्टेन रामबहादुर पुन, युएचएसबी शाखाबाट अध्यक्ष लेख राना र स्वीन्डन शाखाबाट उपाध्यक्ष कुमार रानाले शाखाका गतिविधि प्रस्तुत गरेका थिए ।
बैठकमा संघले यही २३ फेब्रुअरीका दिन रेडिंग रिभरमेड लेजर कमप्लेक्समा आयोजना गर्ने ३७ औं मगर दिवसका बारेमा संयोजक मगर संघ युकेका उपाध्यक्ष अनिता रानाले जानकारी दिएकी थिइन् । उनले सो कार्यक्रम सफल पार्न सबैको राय सल्लाह सुझाव मागेकी थिइन् ।
बैठकमा संघका सल्लाहकार ले. क. याम रानाले मगर दिवसको (पृष्ठभूमि ब्यानर) प्रायोजन गर्न संघले गरेको प्रस्ताव सहर्ष स्वीकार गरेका छन् । मगर दिवसमा नेपाल मगर संघका अध्यक्ष नवीन रोकालाई प्रमुख अतिथि र महासचिव ज्ञानेन्द्र पुनलाई विशेष अतिथिका रुपमा निमन्त्रणा गर्ने निर्णय गरिएको छ ।
त्यसैगरी संघले १ जुन २०१९ शनिवार दिन आयोजना गर्न लागेको नेपाली ओपन कन्सर्टका लागि नेपालबाट ६ जना कलाकार ल्याउने निर्णय गरेको छ । जसमा नेपालका चर्चित लोक दोहारी गायक(गायिकाहरु, हांस्यकलाकारहरु, पप गायकहरुबाट ५ जनाको नाम बैठकले पारित गरिसकेको छ भने बाँकी एक जना नेपाल आइडल वा भ्वाइस अफ नेपालको फाइनलपछि तय गरिने र सबैको नाम एकैसाथ प्रकाशनमा ल्याउने बैठकले निर्णय गरेको छ ।
अध्यक्ष नेम थापाको अध्यक्षतामा सम्पन्न त्रैमासिक बैठक सञ्चालन महासचिव लालबहादुर पुनले गरेका थिए ।
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा