लण्डन । मगर संघ युकेको छैटौं अधिवेशन ६ अप्रिल २०१९ मा हुने भएको छ ।
संघको पाँचौं कार्यसमितिको शनिबार बसेको अन्तिम त्रैमासिक बैठकले सो निर्णय गरेको हो ।
अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सल्लाहकार विजय थापाको अध्यक्षतामा सात सदस्सीय निर्वाचन कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा लेफ्टिनेण्ट कर्णेल (रिटायर्ड) याम राना, संयोजकमा रमेश सराङकोटी र सदस्यसचिवमा नरेश खपाङगीमगर रहेका छन् भने बाँकी तीन सदस्य निर्वाचन समितिले तोक्ने बताइएको छ ।
यसैगरी बैठकमा जेहेन्दार विद्यार्थी च्यारिटी डिनरको समीक्षा गरिएको थियो । बैठकमा महासचिब लाल पुनले केन्द्रको गतिविधि, कोषाध्यक्ष नेत्र आलेले केन्द्रको आर्थिक गतिविधि, पूर्व अध्यक्ष मेजर कुलबहादुर थापाले हाउजिङ्ग, निवर्तमान अध्यक्ष दुत पुन र सल्लाहकार सुनिल रानाले मास्टर र पीएचडी कोषका लागि उठाइएको १ करोड रूपियाँ राशीका अक्षय कोषबारे जानकारी दिए ।
यस्तै शाखाका तर्फबाट केन्ट शाखाका अध्यक्ष क्याप्टेन रामबहादुर पुन, युएचएसबी शाखाबाट अध्यक्ष लेख राना र स्वीन्डन शाखाबाट उपाध्यक्ष कुमार रानाले शाखाका गतिविधि प्रस्तुत गरेका थिए ।
बैठकमा संघले यही २३ फेब्रुअरीका दिन रेडिंग रिभरमेड लेजर कमप्लेक्समा आयोजना गर्ने ३७ औं मगर दिवसका बारेमा संयोजक मगर संघ युकेका उपाध्यक्ष अनिता रानाले जानकारी दिएकी थिइन् । उनले सो कार्यक्रम सफल पार्न सबैको राय सल्लाह सुझाव मागेकी थिइन् ।
बैठकमा संघका सल्लाहकार ले. क. याम रानाले मगर दिवसको (पृष्ठभूमि ब्यानर) प्रायोजन गर्न संघले गरेको प्रस्ताव सहर्ष स्वीकार गरेका छन् । मगर दिवसमा नेपाल मगर संघका अध्यक्ष नवीन रोकालाई प्रमुख अतिथि र महासचिव ज्ञानेन्द्र पुनलाई विशेष अतिथिका रुपमा निमन्त्रणा गर्ने निर्णय गरिएको छ ।
त्यसैगरी संघले १ जुन २०१९ शनिवार दिन आयोजना गर्न लागेको नेपाली ओपन कन्सर्टका लागि नेपालबाट ६ जना कलाकार ल्याउने निर्णय गरेको छ । जसमा नेपालका चर्चित लोक दोहारी गायक(गायिकाहरु, हांस्यकलाकारहरु, पप गायकहरुबाट ५ जनाको नाम बैठकले पारित गरिसकेको छ भने बाँकी एक जना नेपाल आइडल वा भ्वाइस अफ नेपालको फाइनलपछि तय गरिने र सबैको नाम एकैसाथ प्रकाशनमा ल्याउने बैठकले निर्णय गरेको छ ।
अध्यक्ष नेम थापाको अध्यक्षतामा सम्पन्न त्रैमासिक बैठक सञ्चालन महासचिव लालबहादुर पुनले गरेका थिए ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे