स्कटल्याण्ड । हालै गठन भएको गैर आवासीय नेपाली संघ स्कटल्याण्ड राज्य परिषद कार्यसमितिको शपथ ग्रहण गरिएको छ । गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष योगकुमार फगामी, महासचिव राजकुमार त्रिपाठी, उपाध्यक्ष ललित न्यौपाने, सल्लाहकार डा. रामकुमार अधिकारीले स्कटल्याण्ड राज्य परिषदका अध्यक्ष मोहन कार्कीको नेतृत्वमा गठित समितलाई शपथ ग्रहण, प्रमाणपत्र बितरण र सम्मान गरेका हुन् ।
सो समारोहमा बोल्दै एनआरएनए युके अध्यक्ष फगामीले स्कटल्याण्डमा राज्य परिषदको गठनबाट एनआरएनए युकेको इतिहासमा नयाँ आयाम थपिएको र स्कटल्याण्डमा एनआरएनए भूमिकालाई सशक्त पार्नुपर्ने बताए । त्यस्तै एनआरएनए युके महासचिव राजकुमार त्रिपाठीले एनआरएनए स्वंयसेवी संस्था भएको र एनआरएनए युकेले गैर आवासीय नेपालीहरुको नागरिकता, नेपालमा लगानी, युकेमा नेपालीहरुको पहिचान, च्यारिटी लगायत धेरै कार्य गरिरहेको बताए । उपाध्यक्ष ललित न्यौपानेले एनआरएनए युकेले स्कटल्याण्डसहित वेल्स र नर्दन आयरल्याण्डमा राज्य परिषद गठन गरेको र चांडै इङ्गल्याण्डमा पनि राज्य परिषद गठन गरिने जनाए ।
कार्यक्रममा बोल्दै नवगठित स्कटल्याण्ड राज्य परिषदका अध्यक्ष मोहन कार्कीले एनआरएनए स्कटल्याण्डले नेपालीहरुको दोहोरो नागरिकताको अभियानमा कटिबद्ध भएर लाग्ने, स्कटल्याण्डबाट नेपालमा सामूहिक लगानीको पहल गरिने, स्कटल्याण्डमा एनआरएनएको सदस्यता वितरण कार्य तीब्र पारिने र संगठन विस्तार गर्ने बताए ।
अध्यक्ष कार्कीले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदलाई बिदेशमा रहेका नेपाली बालबालिकाहरुमा नेपाली भाषा, लिपि, संस्कार, संस्कृतिबारे जानकारी दिन भिडियो कार्टुन, पाठ्यसामग्री निर्माणको लागि पहल गर्न आग्रह गरे ।
एनआरएनए युकेका सल्लाहकार डा. रामकुमार अधिकारीले सञ्चालन गरेको उक्त कार्यक्रममा स्कटल्याण्ड राज्य परिषदका संरक्षक भोला खनाल, स्कटल्याण्ड राज्य परिषदका सचिव कृष्ण दाहाल र प्रकाश अर्यालले स्कटल्याण्डमा एनआरएनएको आवस्यकता र भूमिकाबारे चर्चा गरेका थिए ।
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]