लन्डनमा नेपाली म्यूजिक फेस्टिबलको तयारी

लन्डन । बेलायतमा नेपाली म्यूजिक फेस्टिबल हुने भएको छ । जि ९ इन्टरटेनमेन्टसले नेपाली नयां वर्ष मनाउन आगामी अप्रिल १३ सांझ इलेक्ट्रिक ब्रिक्सटन, लन्डनमा लाइभ म्यूजिक फेस्टिबल गर्ने भएको हो ।

नेपालबाट चर्चित राष्ट्रिय कलाकारहरु झिकाएर फेस्टिबल गर्ने आयोजकले बताएका छन् तर को को कलाकार ल्याउने भन्ने चाहिं निश्चित भइसकेको छैन् ।

नेपाल फुड्स, ३२ बक्स यूके, हयाब अ मोमेन्ट, माउन्टेन नेपाल मिडिया लगायत संस्थाहरुसंग सहकार्य गरि फेस्टिबल भव्य बनाउने योजना जि ९ को छ । कार्यक्रममा आएर नयां वर्षलाई स्वागत गर्न आयोजकले सबैमा आव्हान गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री