लण्डन । पूर्व गोर्खा सैनिकहरुको लगानी रहेको गोर्खा ग्रुपको सेयर सदस्यहरुको बैठक क्यान्टरबरी क्याथेड्रलमा सम्पन्न भएको छ ।
ग्रुपका युके संयोजक विष्णु घर्तीको अध्यक्षतामा भएको बैठकको उद्घाटन सत्रमा नेपाल मगर संघकी कोषाध्यक्ष कमला थापामगर प्रमुख अतिथि थिइन् ।
उद्घाटन सत्रमा प्रमुख अतिथि थापामगर, गोर्खा ग्रुपका अध्यक्ष मानबहादुर बुढामगर, नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगर र नेपाली टिभीका अध्यक्ष तथा निर्देशक विजय थापाले बैठकको सफलताको शुभकामना दिएका थिए ।
धनकुमार बुढाले संचालन गरेको कार्यक्रममा हरि बुढाले स्वागत मन्तब्य दिएका थिए भने बालकृष्ण रोकाले जनसम्पर्कका बारेमा बोलेका थिए ।
२० वर्षअघि करिब १३५ गोर्खा सैनिकहरुको लगानीमा स्थापना भएको गोर्खा ग्रुपले अहिले दाङको घोराही, तुलसीपुर, लमहीमा स्कुल, कलेज र अस्पताल संचालन गरिरहेको छ ।
सो ग्रुप अन्तगर्तका प्रतिष्ठानहरूमा करिब १३० जनाले रोजगारी पाएका छन् ।
तस्वीरहरू- मनबहादुर थापा
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ