लण्डन । मगर संघ युकेले हाल बेलायतमा बसोबासरत विभिन्न विश्वविद्यालयबाट पीएचडी र मास्टर्स गरेका मगरहरुलाई सम्मान गरेको छ । संघले शनिबार अल्डरसटस्थित एम्पायर हलमा एक कार्यक्रम गरी उनीहरुलाई सम्मान गरेको हो ।
संघका अध्यक्ष नेम थापामगरको अध्यक्षता र महासचिव लालबहादुर पुनले सञ्चालन गरेको सो कार्यक्रममा नेपाल मगर संघकी कोषाध्यक्ष कमला थापा, गोरखा सैन्यका पूर्व लेफ्टिनेण्ट कर्णेल यमबहादुर राना, ब्रिटिश गोरखा सैन्यमा प्रतिष्ठित पदक पाएका क्याप्टेन रिटायर्ड बीरबहादुर पुन र मगर संघ युकेका निवर्तमान अध्यक्ष दुतबहादुर पुन लगायतले सम्मानितहरुलाई खादा तथा प्रसंशापत्र प्रदान गरेका थिए ।
सम्मानित हुनेहरुमा पीएचडी गरेका डा. बालकृष्ण थापामगर, श्याम थापा, प्रेम आले र दिवेश थापा रहेका छन् । यस्तै, मास्टर्स डिग्री हासिल गरेका करिब ७० लाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपालमा रहेका डा. आलेबाहेक बाँकी पीएचडी गरेका व्यक्तित्वले आफ्ना अनुभव सुनाएका थिए ।
मगर संघ युकेको पहलमा शुरु भएको एक करोड रुपियाँ राशीको मास्टर्स एण्ड पीएचडी ट्रष्टलाई सहयोग जुटाउन समेत सो कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा टप मोडल डिकमाया खोर्जा, संघका वेम्व्ली, केन्ट शाखाका नवनिर्वाचित अध्यक्षहरु पूर्ण राना र क्याप्टेन रामबहादुर पुन तथा बाग्लुङ समाज युकेकी नवनिर्वाचित अध्यक्ष छविमाया पुनलाई पनि बधाई दिइएको थियो ।
त्यसैगरी, साहित्य कला,गीत संगीतमा लागेका स्रष्टाहरुलाई सम्मान गरिएको थियो भने गीतकार घन थापा र बिल पुर्जाको गीति क्यासेटहरु ‘नबिर्स’ र ‘मल्हम’को विमोचन गरिएको थियो ।
कार्यक्रममा कोषाध्यक्ष नेत्र आलेले मास्टर्स एण्ड पीएचडी ट्रष्टको हिसाबकिताब प्रस्तुत गरेका थिए भने संघका सल्लाहकारहरु नरेश खपाङ्गी र रमेश सराङकोटीले मगरहरुको शैक्षिक, राजनीतिक अवस्थाका बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रम संयोजक योगकुमार फगामीले स्वागत मन्तब्य दिएको सो कार्यक्रममा कलाकारहरु सविता राना, इस्मी थापा, रिया थापा, समीक्षा राना, सुजाता राना, सन्दीप राना र लक्ष्मण रानाले नृत्य प्रस्तुत गरेका थिए भने गायक गायिका बालचन्द्र बराल र सुशीला गौतमले लोकदोहोरी गाएका थिए ।
साँस्कृतिक सचिव तुलचन्द्र तिलिजाले साँस्कृतिक कार्यक्रम चलाएका थिए ।
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु