तेह्रथुम समाज युकेद्वारा उपसभामुख तुम्बाहाम्फेलाई सम्मान

बेलायत (केन्ट) । तेह्रथुम समाज यूकेले मयङ्लुङ् क्याम्पस भवन निर्माण सहयोगार्थ बैठक साथै बेलायत भ्रमणमा रहेकी उपसभामुख डा. शिबमाया तुम्बाहाम्फेको सम्मानमा एक कार्यक्रम गरेको छ ।

आइतबार आसफोर्ड केन्टमा आयोजित कार्यक्रमको पहिलो चरणमा भएको बैठकले भवन निर्माणको लागी स्वीकृति लिने र दिने निर्णय गरेको छ । संस्थाका संस्थापक अध्यक्ष चित्राज लिम्बुले सन् २०११ मा क्याम्पसका लागि सहयोगको सुरुवात गरि पूर्ब अध्यक्ष सूर्य खापुङ्ले सशक्त रुपमा लागी परेपछि धेरै सहयोग जुटाएर वर्तमान कमिटीलाई हस्तान्तरण गरेका थिए । भवन निर्माणलाई अन्तिम रुप दिन वर्तमान अध्यक्ष डम्मर सिङ्गकले सो बैठक राखेका थिए ।

भवन निर्माणको लागी नेपाली रुपियाँ ५ हजारदेखि १ लाखसम्म सहयोग गर्नेहरुको नाम शिलालेखमा रकम अनुसार राखिने र अन्य दाताहरुको रेकर्ड कार्यालयमा सुरक्षित राख्ने निर्णय गरिएको छ । 

पहिलो चरणमा च्यारिटी डिनर नाईटबाट उठेको रकम नेपाली रुपियाँ ३ लाख २१ हजार ५ सय केही वर्ष अगावै हस्तान्तरण गरिसकिएको र वर्तमान अध्यक्ष सिङ्गकले अब बाँकी उठेको २ हजार ७ सय ५४ पाउण्ड कहिले र कसरी हस्तान्तरण गर्ने भन्ने निर्णय गर्दै अध्यक्षले पहिलो चरणको कार्यक्रम समापन गरे ।

संस्थाले सन २००७ (स्थापना कालदेखि) परोपकारी कार्यहरु गर्दै आएको छ । क्यान्सर पीडित आर्थिक सिङ्गक, मुटू रोगी सरिता लिम्बु, क्यान्सर पीडित भीम प्रसाद थेगुम्बा, क्यान्सर पीडित मौसम लिम्बु, तेह्रथुम सदरमुकाममा रहेको समाधि स्थलको पुनर्निर्माणमा सहयोग साथै आठराई संक्रान्ति बजारमा भएको आगलागी पछि अग्नि पीडितहरुको लागी १५ लाख नेपाली रुपैया पीडितहरुको हात हातमा रकम हस्तान्तरण गरेको छ । 

मयङ्लुङ् क्याम्पस भवन निर्माण सहयोग राशी भने करिब ७ लाख रहेको प्रतिवेदन समाजका कोषाध्यक्ष जमिन थाम्देनले दिनुभयो ।

कार्यक्रमको दोस्रो चरणमा नेपालका वर्तमान उपसभामुख डा. शिबमाया तुम्बाहाम्फेको सम्मान कार्यक्रम थियो । उक्त कार्यक्रममा समाजका अध्यक्ष सिङ्गकले आफ्नो जिल्लाको एक चेलीले राष्ट्रकै गरिमामय पदमा रहेर जनताको सेवा गर्ने अवसर पाएकोमा गौरवान्वीत भएको अभिब्यक्त दिँदै संस्थाका तर्फबाट सम्मान पत्र दिएर सम्मान गरे । 

अन्तरक्रियाका क्रममा संघीयताको लागी अहिलेको संविधान पूर्ण नभएको गुनासोसहित लिम्बुवान माग र विजयपुर अतिक्रमणबारेको प्रश्नमा उप सभामुखले अप्रत्यक्ष रुपले वर्तमान पदले यी कुनै पनि प्रश्नको जवाफ दिन नमिल्ने भनाइ राख्दै नेपालको वर्तमान राजनीति र देशमा भएका समस्या र विकासको कार्यहरु प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रम संस्थाका सचिव जय मादेम्बाले सञ्चालन गरेका थिए भने स्वागत संस्थाका उपाध्यक्ष सानु सुब्बाले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री