रातो गलबन्दीले मन जित्दै


लन्डन । बेलायतका एकजना स्थापित व्यवसायी तथा बुद्धिजिवी यादवकुमार श्रेष्ठले लेखेको गीत ‘रातो गलबन्दीले…’ मा निर्मित म्यूजिक भिडियोले दर्शक मन जितेको छ । सार्वजनिक भएको करिब तीन सातामा उक्त भिडियो एक लाख ९६ हजार चार सय हाराहारीले हेरेका छन् । ‘गीतको चर्चाले म खुशी छु’- गीतका रचनाकार श्रेष्ठले भने, ‘मैले सौखका रुपमा लेखेको यो गीतले यत्ति धेरै चर्चा पाउने कल्पनामा पनि थिएन ।’

चर्चित गायिका मेलिना राई र विश्व नेपालीले गाएको उक्त आधुनिक गीतमा संगीत रमेश कायस्थको छ । म्यूजिक भिडियो विकास श्रेष्ठ (मिलन) ले निर्देशन गरेका हुन् । भिडियोमा कविता नेपाली र सरोज मोक्तानको अभिनय छ ।

हेर्नुहोस् म्यूजिक भिडियोः

प्रतिक्रिया

सम्बन्धित सामाग्री