लन्डन । नेपलिज नर्सिङ एसोसिएसन यूकेको नयां कार्यसमिति सहमतिमा चुन्ने सम्भावना टरेको छ । अध्यक्ष र उपाध्यक्ष पदका लागि दुई दुई जनाको उम्मेदवारी परेपछि एसोसिएसनको यही २४ तारिख लन्डनमा निर्वाचन नै हुने भएको हो ।
निर्वाचन समिति संयोजक अजिता सिम्खडाका अनुसार, बुधबार रातीसम्म उम्मेदवारी फिर्ता लिने समयसीमा तोकिएको थियो । तर, अध्यक्षमा विनोदविकास सिम्खडा र इन्दिरा बस्याल तिवारी एवं उपाध्यक्षमा सुनिता गौतम थापा र गंगा साम्पाङको उम्मेदवारी कायमै रहेपछि निर्वाचन नै हुने भएको छ ।
‘निर्वाचन आफैंमा एउटा लोकतान्त्रिक अभ्यास हो । हामी अब निष्पक्ष रुपमा निर्वाचन गराउने तयारीमा जुटेका छौं’- संयोजक सिम्खडाले वीनेपालीसंग भनिन्, ‘जो साथीहरु आएपनि नयां टिम डायनामिक बन्नेछ ।’
अन्य पदमा भने आवश्यक संख्या बमोजिम नै उम्मेदवारी परेपछि निर्विरोध भएको छ । निर्विरोध हुनेमा महासचिव रस्मितासिंह दर्लामी, सांस्कृतिक सचिव रफी श्रेष्ठ, कोषाध्यक्ष बिनु लामिछाने र सहकोषाध्यक्ष आज्ञा खनाल छन् ।
त्यसैगरि कार्यकारी सदस्यहरुमा अन्जना सापकोटा, रन्जना केसी अधिकारी, कल्पना घिमिरे, ज्ञानु अधिकारी, शोभा बोहरा, सरिता रिजाल र रजत्री पाण्डे थापा निर्विरोध भएका छन् । बांकी दुई सदस्य नयां कार्यसमितिले मनोनित गर्नेछ ।
३०० वर्ष पुरानो भायलिन प्रदर्शन हुँदै बेलायतको सङ्गीत महोत्सवमा
युद्ध साहित्य पुरस्कार २०८२ विरहीका ‘बारुदले कोरेका अक्षरहरु’ लाई प्रदान गरिने
नेपालमा प्राणघातक रोग रुबेला उन्मूलन भएको विश्व स्वास्थ्य सङ्गठनको घोषणा
बेलायतमा मनाइयो ‘लन्डन इन्द्र जात्रा’
र्यापमा रमाउँदै नयाँ पुस्ता : ‘र्यापले नचाउँछ, विद्रोहको भाव जगाउँछ’
बीसीसी यूकेले गर्यो कुलमान घिसिङलाई स्वागत तथा सम्मान
युद्ध साहित्य पुरस्कार २०८२ विरहीका ‘बारुदले कोरेका अक्षरहरु’ लाई प्रदान गरिने
एनआरएनए यूकेका दुई समूहले गरे कुलमान घिसिङसँग छुट्टाछुट्टै ‘मिट एन्ड ग्रिट’कार्यक्रम
एक लाख १० हजार धरौटीमा छुटे चक्रे मिलन
बेलायती सांसद एलेक्स बेकरसँग कुमाल घिसिङको भेटवार्ता