लन्डन । इष्ट लन्डनमा एक युवती बलात्कृत भएकी छन् । २२ वर्षीया युवती गत ९ नोभेम्बर शुक्रबार राती बलात्कृत भएको प्रहरीले जनाएको छ । ती युवतीको हयान्बरी स्ट्रिट, टावर हयाम्लेट्समा कालो वर्णको एक युवासंग जम्काभेट भएको थियो । प्रहरीका अनुसार, २५ देखि ३५ वर्ष उमेरको सो युवाले घरको तल्लो तलासम्म पछयाउंदै युवतीमाथि यौनजन्य हमला गरेको थियो । पीडकले झण्डै २० मिनेटपछि त्यो ठाउं छाडेको हुनसक्ने प्रहरीको विश्वास छ ।
प्रहरीले शंकास्पद व्यक्तिको दुईवटा तस्विर सार्वजनिक गरेको छ । बलात्कारीले कालो रंगको जम्पर लगाएको थियो तर पछि जम्पर र हयाट घट्नास्थलमै छाडेको बताइएको छ ।
बलात्कृत युवतीलाई न्याय दिलाउन प्रहरीले काम गरिरहेको छ । प्रहरीले बलात्कार गर्ने युवाबारे जानकारी भए उपलब्ध गराइ सहयोग गर्न आग्रह गरेको छ ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?