लण्डन । म्याग्दी रघुगंगा गाउँपालिका वडा न. ७ चिमखोला घर भई हाल बेलायतमा बसोबास गर्दै आएका समाजसेवी, पत्रकार तथा साहित्यकार दुत पुन (चिम्खोले काईंला) नेपालका उपराष्ट्रपति नन्द बहादुर पुन (पासाङ) द्वारा सम्मानित भएका छन् ।
लामो समय विदेशी भूमिमा रहेर पनि नेपाल र नेपालीका लागि सामाजिक सेवा, पत्रकारिता तथा साहित्य क्षेत्रमा विशेष योगदान पुरयाएवापत उपराष्ट्रपतिले पुनलाई सम्मान गरेका हुन् ।
पत्रकार चिम्खोले काईंला एभरेस्ट टाइम्स साप्ताहिक युकेका प्रवन्ध निर्देशक तथा सम्पादक हुन् । उनको सक्रिय योगदानका कारण एभरेस्ट टाइम्स साप्ताहिक युकेले हालै दशौं बार्षिकोत्सब मनाउन सफल भएको छ ।
चिम्खोले काईंला ब्रिटिश सेनाको अवकाश प्राप्त वारेन्ट अफिसर हुन् भने उनी ‘मार्केटिङ एण्ड इनोभेसन’ विषयमा मास्टर डिग्री अध्ययनरत छन् । प्रबन्ध निर्देशक चिम्खोले काईंला अन्तर्राष्ट्रिय पत्रकार महासंघ, नेपाल पत्रकार महासंघ युके र नेपाल आदिबासी जनजाति पत्रकार महासंघ युकेमा आवद्ध छन् ।
साहित्यकार चिम्खोले काईंलाको हालसम्म ‘सुन्दन्ते’ र ‘युकेको जिन्दकी’ कविता संग्रह तथा ‘अर्ली भाई’ कथा संग्रह प्रकाशित छन् । उनले ‘युकेतिर जाउली’ लोक दोहोरी एल्बम, ‘लण्डनको कोशेली’ आधुनिक गीति एल्बम र ‘द वेष्ट अफ चिम्खोले काइँला’ डिभिडी निर्माण गरेका छन् भने उनले चलचित्र ‘मेजर पेन्सन खाउली’ पनि बनाएका छन् ।
साहित्य तथा गीत संगीत संगसंगै बोकेर हिड्ने चिम्खोले काईंला देश बिदेशमा रहेका विभिन्न साहित्यिक तथा गीत संगीतसम्वद्ध संघ संस्थाहरुमा आवद्ध छन् ।
चिम्खोले काईंला पेशाले संयुक्त अधिराज्य बेलायतको रक्षा मन्त्रालयको निजामती कर्मचारी हुन् भने उनी मगर संघ युकेका निवर्तमान अध्यक्ष हुन् । लगनशीलता, अनुशासन, अनुभव, इमान्दारिता, बफादारिता, दक्ष तथा कुशल कार्यक्षमताले गर्दा नेपालका उपराष्ट्रपतिद्वारा चिम्खोले काईलाले यो सम्मान पाउन सफल भएका हुन् ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे