लन्डन । एभरेष्ट इन ब्लाकहिथले १५ औं वार्षिक दीपावली कार्यक्रम गरेको छ । नेपालको कला संस्कृति एवं पर्यटन प्रवर्धन गर्ने उद्देश्यसहित बेलायती नागरिकहरुमाझ कार्यक्रम गरिएको हो । एभरेष्ट इनले कार्यक्रममा उपस्थित सम्पूर्ण विदेशीलाई प्रवेशद्धारमै नेपाली मौलिक ढंगमा पुरुषलाई ढाका टोपी, खादा र टिका एवं महिलालाई स्कार्फ र टिका (बिन्दी) लगाइदिएर स्वागत गरेको थियो ।
कार्यक्रमस्थल पुरै मैनबत्ति र अन्य सजावटले झकिझकाउ सिंगारिएको थियो । कार्यक्रममा नेपाली खाना, गीत संगीत र नृत्यले माहोल रोमाञ्चक बनेको थियो । एभरेष्ट इनका निर्देशक यादव भण्डारीले पाहुनाहरुलाई स्वागत गर्दै दीवाली पर्वको महत्व दर्शाएका थिए ।
कार्यक्रमका अवसरमा नेपाल पर्यटन बोर्डका सिइओ दीपक जोशी र बेलायतका लागि पूर्व पर्यटन दूत तथा एभरेष्ट इनका प्रवन्ध निर्देशक पशुपति भण्डारीको भिडियो शुभकामना सन्देश प्रसारण गरिएको थियो । सन्देशमा जोशी र भण्डारीले ‘भिजिट नेपाल- २०२०’ लाई सघाउन र नेपालको भ्रमण गर्न अपिल गरेका थिए ।
कार्यक्रममा लन्डन बरो अफ लुइसमका डेपुटी मेयर क्रिस वेष्ट, काउन्सिलर केभिन बोनाभिया, ब्रिटिश प्राध्यापकहरु, व्यवसायी आदि गरि ७० जना भन्दा बढि भिभिआइपी सहभागी थिए । सम्वोधनका क्रममा डेपुटी मेयर क्रिसले भण्डारी दाजुभाईले आफ्नो मातृभूमि र त्यहांको कला संस्कृति प्रवर्धनमात्र नगरि ब्ल्याकहिथ समुदायमा पनि सक्रिय भूमिका निर्वाह गरिरहेको भन्दै प्रशंसा गरेका थिए । क्रिसले संस्कृतिमा धनी नेपाल भ्रमण छिट्टै गर्न उत्सुक भएको पनि बताए ।
कार्यक्रममा सहभागी शतप्रतिशत ब्रिटिश आगन्तुकलाई नेपालबारे जानकारी दिंदै भ्रमण गर्न प्रेरित गरिएको थियो । हालैमात्र नेपालमा ट्रेकिङसहित दुई साता घुमेर फर्किएका जेफ र अनिताले रेसम फिरिरी…गीत गाएका थिए, उनीहरुले बांसुरी पनि बजाए । नेपाल भ्रमण गरेर फर्किएका अर्का ब्रिटिश नागरिक माइकल कोलिङसले नेपालमा बिताएका अविष्मरणीय क्षणहरु सेयर गरेका थिए । कार्यक्रममा सहभागी कयौंले आफूहरु पनि नेपाल जान उत्साहित भएको बताए ।
एभरेष्ट इनले नेपाली खाना, कला संस्कृति एवं नेपालको पर्यटन प्रवर्धनमा निरन्तर काम गर्दै आएको छ । बेलायतका स्कुले किशोर किशोरीमात्र होइन, डिस्ट्रिक्ट चियर, काउन्सिलर, स्थानीय च्याम्बर अध्यक्ष र अन्य व्यवसायीहरुलाई समेत नेपाल भ्रमण गराइसकेको एभरेष्ट इनले सडक महोत्सवमा पनि सहभागिता जनाउंदै आएको छ । शुरुमा जिम्मी मिजान फाउण्डेशनबाट १८ ब्रिटिश नागरिक नेपाल लगेको एभरेष्ट इन समूहले फरक फरक समयमा ६ दर्जन स्काउट विद्यार्थीको समूहलाई नेपाल भ्रमण गराइसकेको छ ।
निर्देशक भण्डारीले ‘भिजिट नेपाल २०२०’ अभियानमा आफूहरुको संलग्नता निरन्तर रहने बताए ।
३०० वर्ष पुरानो भायलिन प्रदर्शन हुँदै बेलायतको सङ्गीत महोत्सवमा
युद्ध साहित्य पुरस्कार २०८२ विरहीका ‘बारुदले कोरेका अक्षरहरु’ लाई प्रदान गरिने
नेपालमा प्राणघातक रोग रुबेला उन्मूलन भएको विश्व स्वास्थ्य सङ्गठनको घोषणा
बेलायतमा मनाइयो ‘लन्डन इन्द्र जात्रा’
र्यापमा रमाउँदै नयाँ पुस्ता : ‘र्यापले नचाउँछ, विद्रोहको भाव जगाउँछ’
बीसीसी यूकेले गर्यो कुलमान घिसिङलाई स्वागत तथा सम्मान
युद्ध साहित्य पुरस्कार २०८२ विरहीका ‘बारुदले कोरेका अक्षरहरु’ लाई प्रदान गरिने
एनआरएनए यूकेका दुई समूहले गरे कुलमान घिसिङसँग छुट्टाछुट्टै ‘मिट एन्ड ग्रिट’कार्यक्रम
एक लाख १० हजार धरौटीमा छुटे चक्रे मिलन
बेलायती सांसद एलेक्स बेकरसँग कुमाल घिसिङको भेटवार्ता