केन्ट (बेलायत) । समाज सुधारक महागुरु फाल्गुनन्दको १३४ औं जन्मजयन्ती गत शनिबार लन्डनमा मनाइएको छ ।
फेल्थाम, लन्डनमा आयोजित सो कार्यक्रमको आयोजना किरांत सत्यहाङ्मा महागुरु फल्गुनन्द समाज बेलायतले गरेको थियो ।
महागुरू फाल्गुनन्दलाई नेपाल सरकारले १६ औं राष्ट्रिय विभूति मानेको छ ।
विगत वर्ष जस्तै यस वर्ष पनि बेलायतको विभिन्न ठाउंहरुबाट किराँत धर्मका भक्तजन र शुभ चिन्तकहरु महागुरुको जन्मजयन्ती मनाउन भेला भएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङका पूर्व केन्द्रिय अध्यक्ष सुवास चन्द्र जबेगु र अन्य अतिथिहरूमा कियाचु थोरोक शाखाका वर्तमान अध्यक्ष दलप्रसाद आङ्देम्बे, कियाचु युके वेल्स शाखा अध्यक्ष पर्शु वनेम, समाजसेवी तथा लिम्बु भाषा तथा संस्कृति संरक्षक सुवर्ण नेम्वाङ, पांचथर समाज बेलायतका अध्यक्ष चन्द्र सुन्दास, धनकुटा समाजका अध्यक्ष पूर्ण फालेच्छा, संघीय लिम्बुवान यूकेका महासचिव राम ईजम, भूतपूर्व सभासद श्रीमती तारा राई लगायतले संयुक्त रुपमा द्वीप प्रज्वलन गरेर कार्यक्रमको सुरुवात गरेपछि महागुरुको नाममा सेवासाबा रुद्रतुम्बापोले सेवापूजा गरेका थिए ।
सेवापुजा सकेपछि किरांत सत्यहाङ्मा महागुरु फल्गुनन्द समाजका वर्तमान अध्यक्ष दिपक तुम्बापोले महागुरुको जीवनी प्रस्तुत गरेका थिए ।
कार्यक्रमको मध्यान्तरमा संस्थाका सदस्य पूर्ण फालेच्छा हालै धनकुटा सेवा समाजको अध्यक्ष भएकोमा कार्यकाल सफलताका साथै वधाई दिइयो ।
अन्त्यमा अध्यक्ष दिपक तुम्बापोले सम्पूर्ण अतिथि, भक्तजन र शुभचिन्तकहरुलाई कार्यक्रममा उपस्थित भई सफल पारिदिएकोमा हार्दिक धन्यवाद तथा कृतज्ञता प्रकट गर्दै कार्यक्रम औपचारिक रुपमा सकिएको घोषणा गरे ।
विहानको ११ बजे कार्यक्रम शुरु भएर दिउसो ५.३० बजे सकिएको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष रकम चेम्जोङले स्वागत मन्तव्य दिएका थिए भने सचिव भगीरथ जबेगुले कार्यक्रम सञ्चालन गरेका थिए ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे