
लन्डन । पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल यूकेका लागि प्रस्थान गरेका छन् । यती नेपाली एशोसिएसन युके तथा गैर आवासीय नेपाली संघ युकेको संयुक्त आयोजनामा लन्डनमा हुने एक च्यारिटीमा सहभागी हुन नेता नेपाल बेलायत उडेका हुन् । नेपालको दुर्गमका बालबालिकाको स्वस्थ्य र शिक्षामा सहयोगका लागि अध्यांरोबाट उज्यालो तर्फ नामक सेवामूलक सहयोग र सामाजिक च्यारिटी कार्यक्रमका लागि उनी लन्डन उडेका हुन् ।
पूर्व प्रधानमन्त्री नेपाल लन्डन ग्रीनफोर्ड टाउनहलमा यही १७ नोभेम्बर २०१८ का दिन हुने च्यारिटी कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी हुनेछन् । कार्यक्रम संयोजक उमेशराज मोक्तानका अनुसार कार्यक्रममा नेता नेपालसंगै कलाकार मनोज गजुरेल, गायक हेमन्त मोक्तान र मोडल तथा नायिका मरिस्का पोखरेल पनि लण्डन आउंदै छन् ।
प्रवासी नेपाली मन्च बेलायतका अध्यक्ष राजेन्द्र पुडासैनी, जन प्रगतिशील मञ्च बेलायतका अध्यक्ष सुरेश गौतम, नेकपा केन्द्रिय सदस्य बिष्णु रिजालसहितका नेताहरुले नेपाललाई त्रिभुवन विमानस्थलमा विदाइ गरेका थिए ।
बेलायत बसाइका क्रममा नेपालसंग नेकपाको प्रवासस्थित भातृसंस्था प्रवासी नेपाली मन्च बेलायत र नेपाली जनप्रगतिशील मन्च बेलायतले अन्तरक्रिया गर्ने भएका छन् । १८ नोभेम्बर २०१८ आइतबार सांझ अल्डरसटस्थित एम्पायर हलमा हुने भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा नेपाल प्रमुख अतिथिको रुपमा सहभागी हुने पुडासैनीले जानकारी गराए । उनले बेलायत रहेका सम्पूर्ण संघसंस्था र नेपाली समुदायमा उपस्थितिका लागि आव्हान समेत गरेका छन् ।


इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
मदनकृष्ण श्रेष्ठको स्वर र अभिनयमा ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी