
लन्डन । पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल यूकेका लागि प्रस्थान गरेका छन् । यती नेपाली एशोसिएसन युके तथा गैर आवासीय नेपाली संघ युकेको संयुक्त आयोजनामा लन्डनमा हुने एक च्यारिटीमा सहभागी हुन नेता नेपाल बेलायत उडेका हुन् । नेपालको दुर्गमका बालबालिकाको स्वस्थ्य र शिक्षामा सहयोगका लागि अध्यांरोबाट उज्यालो तर्फ नामक सेवामूलक सहयोग र सामाजिक च्यारिटी कार्यक्रमका लागि उनी लन्डन उडेका हुन् ।
पूर्व प्रधानमन्त्री नेपाल लन्डन ग्रीनफोर्ड टाउनहलमा यही १७ नोभेम्बर २०१८ का दिन हुने च्यारिटी कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी हुनेछन् । कार्यक्रम संयोजक उमेशराज मोक्तानका अनुसार कार्यक्रममा नेता नेपालसंगै कलाकार मनोज गजुरेल, गायक हेमन्त मोक्तान र मोडल तथा नायिका मरिस्का पोखरेल पनि लण्डन आउंदै छन् ।
प्रवासी नेपाली मन्च बेलायतका अध्यक्ष राजेन्द्र पुडासैनी, जन प्रगतिशील मञ्च बेलायतका अध्यक्ष सुरेश गौतम, नेकपा केन्द्रिय सदस्य बिष्णु रिजालसहितका नेताहरुले नेपाललाई त्रिभुवन विमानस्थलमा विदाइ गरेका थिए ।
बेलायत बसाइका क्रममा नेपालसंग नेकपाको प्रवासस्थित भातृसंस्था प्रवासी नेपाली मन्च बेलायत र नेपाली जनप्रगतिशील मन्च बेलायतले अन्तरक्रिया गर्ने भएका छन् । १८ नोभेम्बर २०१८ आइतबार सांझ अल्डरसटस्थित एम्पायर हलमा हुने भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा नेपाल प्रमुख अतिथिको रुपमा सहभागी हुने पुडासैनीले जानकारी गराए । उनले बेलायत रहेका सम्पूर्ण संघसंस्था र नेपाली समुदायमा उपस्थितिका लागि आव्हान समेत गरेका छन् ।


पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल