हङकङ नेपाली मञ्च यूकेमा सल्लाहकार र क्षेत्रीय प्रतिनिधिहरु मनोनित

लन्डन । हङकङ नेपाली मञ्च यूके पाचौं कार्यसमितिको पहिलो बैठकले सल्लाहकार चयन र क्षेत्रीय प्रतिनिधिहरु मनोनित गरेको छ । गत ११ नोभेम्बर आइतबार गोर्खा रेस्टुरेन्ट अल्डरसटमा सम्पन्न बैठकले २१ जना सल्लाहकारहरु चयन, क्षेत्रीय प्रतिनिधि मनोनितसहित अन्य विभिन्न निर्णय गरेको हो । बैठक संस्थाका अध्यक्ष भिम महेन्द्र गुरुङको अध्यक्षतामा भएको थियो भने बैठक सञ्चालन महासचिव धनु थकालीले गरेका थिए ।

२१ सदस्यीय सल्लाहकार कमिटीको कार्यावधि २ वर्षको हुनेछ । 
संस्थालाई आवश्यक परे भविष्यमा सल्लाहकार थपघट पनि गर्न सक्ने निर्णय बैठकले गरेको छ ।

सल्लाहकारहरुमा प्रेम गुरुङ (संस्थापक अध्यक्ष), विश्व जंग गुरुङ 
(पूर्व अध्यक्ष), ओम गुरुङ (पूर्व अध्यक्ष), दुर्गा गुरुङ (निवर्तमान अध्यक्ष), एकेन्द्र गुरुङ, सुमल कुमार गुरुङ, श्रीमती नन्द कुमारी 
गुरुङ, मधुकर गुरुङ, हरि (काजी) गुरुङ, विजय लिङदेन, मान प्रसाद गुरुङ, गणेश इजम, भक्तबहादुर दुरा, कमल गुरुङ, करम गुरुङ, उत्तरमान तिगेला, श्रीमती रोमा गुरुङ, झलम राई (स्वीन्डन), याम गुरुङ (स्वीन्डन), गणेशध्वज मल्ल र श्रीमती सिम्मी पुन छन् ।

त्यस्तै संस्थालाई अझ व्यापक र सक्रिय बनाउन विभिन्न क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिहरु मनोनित गरिएको छ, जसमा बाबु राना (प्लमस्टिड साउथ इष्ट लण्डन), ध्रुब दत्त (वेम्बली नर्थ वेस्ट लण्डन), बिदुर मणि राई (मेडस्टोन), लोक गुरुङ (फार्नवोरो), श्रीमती सुमी गुरुङ (रेडिङ), लोकेश गुरुङ (ननिटन), बुद्ध घले (अल्डरसट), अर्जुन गुरुङ (स्वीन्डन), रुपेश रावत (स्वीन्डन) र लालकाजी गुरुङ छन् ।

मनोनित सम्पूर्ण सल्लाहकार साथै क्षेत्रीय प्रतिनिधिलाई जनवरी २०१९ दोस्रो साता बस्ने कार्यसमिति बैठकमा सम्मान गर्ने निर्णय 
बैठकले गरेको छ ।

संस्थाले वार्षिक भेटघाट कार्यक्रम आगामी ४ मे २०१९, शनिबार कन्नट स्कूल अल्डरसटमा गर्ने भएको छ । त्यस्तै बैठकले संस्थालाई अझै सामाजिक सहयोगमा क्रियाशील पार्न अर्को वर्ष ‘ग्रीष्मकालिन हङकङे सांस्कृतिक सांझ २०१९’ पनि गर्ने निर्णय गरेको छ ।

बैठकले प्रत्येक वर्ष बेलायतमा खेलाइने गोर्खा कप २०१९ फुटबल प्रतियोगितामा पनि संस्थाको तर्फबाट भाग लिने निर्णय गर्दै सम्पूर्ण फूटबलप्रेमी खेलाडी र शुभेच्छुकहरुमा सहयोगका लागि अनुरोध गरेको छ ।

माइतीघर रेस्टुरेन्ट अल्डरसटमा गत ६ अक्टोबरका दिन सम्पन्न मञ्चको ९ औं वार्षिक साधारणसभा तथा पांचौं अधिवेशनले भिम महेन्द्र गुरुङको अध्यक्षतामा १९ सदस्यीय नयां कार्यसमिति चयन गरेको थियो । कार्यसमितिको उपाध्यक्षहरुमा हयारी गुरुङ, श्रीमती जानुका काम्वाङ लिम्बू र चन्द्र कुमार सुनार निर्विरोध चयन भएका थिए ।

त्यस्तै, महासचिवमा धनु थकाली, सचिव बल्लभ गुरुङ, कोषाध्यक्ष जगत गुरुङ र सहकोषाध्यक्ष श्रीमती ओमदेवी गुरुङ निर्वाचित भएका छन् भने खेलकुद सचिव एम्कुमार गुरुङ, वेव मास्टर प्रेम गुरुङ, सांस्कृतिक सचिव सन्तोष गुरुङ, प्राविधिक सचिव विशन गुरुङ, प्राविधिक सदस्य हरि (सूर्य) गुरुङ, सांस्कृतिक सदस्य श्री गुरुङ र सदस्यहरुमा मास्टर थान कुमार लिम्बू, श्रीमती इन्द्रकुमारी गुरुङ, खगेन्द्र गुरुङ, लोकमान गुरुङ र विष्णु ज्ञवाली सर्वसम्मत निर्वाचित भएका छन् ।

हङकङबाट बेलायत आई बसोबास गरेका भूतपूर्व गोर्खाका सन्ततिहरुको लोकप्रिय संस्था ‘हङकङ नेपाली मञ्च यूके’ को स्थापना १ मे २००९ मा भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री