लन्डन । ब्रिटिश लगानीकर्ता आकर्षित गर्ने एउटा पहल स्वरुप लन्डनस्थित नेपाली दूतावासमा ‘नेपाल विकास सम्मेलन- ४’ भएको छ । नेपाली दूतावास र ब्रिटेन नेपाल च्याम्बर अफ कमर्शद्वारा संयुक्त रुपमा मंगलबार सांझ सम्मेलन आयोजना गरिएको हो ।
सम्मेलनमा बेलायत तथा नेपालका सरकारी अधिकारीहरुले राजनीतिक स्थायित्वसंगै नेपालमा लगानी गर्न अब उपयुक्त समय आएको धारणा राखे । विभिन्न वक्ताहरुले नेपालमा व्यापार तथा लगानीका सम्भावनाबारे ‘प्रिजेन्टेसन’ समेत दिए । नेपालमा विशेषगरि हाइड्रो, शिक्षा-स्वास्थ्य, पर्यटन एवं भौतिक पूर्वाधारमा लगानी उपयुक्त रहेको वक्ताहरुले जोड दिएका थिए ।
परराष्ट्र सचिव शंकरदास बैरागीले नेपालको शान्तिप्रक्रिया र भूकम्प पछिको पुनर्निर्माणमा ब्रिटेन र ब्रिटिश जनताले पुरयाएको सहयोगको प्रशंसा गरे । उनले नेपालका सबै राजनीतिक दलहरु देशमा व्यापार र लगानीका लागि राम्रो वातावरण बनाउन प्रतिवद्ध रहेको बताउंदै भारत र चीनजस्ता दुई ठूला मुलुकहरुबीच रहेको नेपाल लगानीकालागि उपयुक्त स्थल रहेको धारणा राखे ।
ब्रिटिश संसदको अल पार्टी पार्लियामेन्टरी ग्रुप अन नेपालका उपाध्यक्ष लर्ड शेखले चीन तथा भारतसंग जोडिएको नेपालमा दीर्घकालिन लगानीका थुप्रै अवसर रहेको बताए । उनले जलविद्युत, सडक, स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रमा धेरै ब्रिटिश कम्पनीहरुले लगानी गरुन् भन्ने आफूले चाहेको पनि उल्लेख गरे ।
अर्का वक्ता लर्ड अर्ल अफ स्यान्डवीचले नेपालमा स्थिर अर्थतन्त्र सहितको सामाजिक सुधार आवश्यक रहेको औंल्याए । उनले काठमाडौंस्थित द ब्रिटिश कलेज नेपालमा ब्रिटिश लगानीको एउटा सफल उदाहरण रहेको पनि उल्लेख गरे ।
नेपालकालागि ब्रिटिश राजदूत रिचार्ड मोरिसले नेपालको आर्थिक विकासमा सघाउन ब्रिटेन सधैं तत्पर रहेको बताए । उनले ब्रिटेनले नेपालको लगानी बोर्डलाई सघाउनुका साथै अरुण तेश्रो जलविद्युत योजनाकालागि रकम जुटाउन पनि सघाइरहेको जानकारी दिए । उनले ब्रिटेन इयूबाट बाहिरिएपछि पनि नेपालसंगको व्यापारमा कुनै असर नपर्ने बताउंदै आफूहरुले समृद्ध नेपाल हेर्न चाहेको जनाए ।
बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायत नेपाल कुटनीतिक सम्वन्ध र नेपालको राजनीतिक घट्नाक्रमबारे चर्चा गर्दै ब्रिटिश लगानीकर्ताहरुलाई स्वागत गर्न आफ्नो सरकार उत्सुक रहेको बताए ।
उक्त अवसरमा बेलायतको स्वान्सी विश्वविद्यालयबाट पिएचडी गरिरहेका रामहरि पौड्यालले नेपालको उर्जा क्षेत्रमा वैदेशिक लगानीको सम्भावनाबारे र ब्रिटेनको डिपार्टमेन्ट अफ इन्टरन्यासनल डिपार्टमेन्टमा कार्यरत भेरिटी म्याक्रमले आफ्नो मन्त्रालयले नेपालमा पुरयाइरहेको सहयोगबारे प्रस्तुति दिएकी थिइन् ।
त्यस्तै नेपालमा वैदेशिक लगानीका सम्भावना विषयमा प्रस्तुति दिंदै ब्रिटेन नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष तथा द ब्रिटिश कलेजका सञ्चालक राजन कंडेलले नेपाल विदेशी लगानीकालागि खुला र तयार रहेको बताए । उनले दक्षिण एसियाली मुलुकहरुकै तुलनामा नेपालमा लगानीकर्ताहरुलाई करमा उल्लेख्य सुविधा उपलब्ध रहेको बताउंदै सरकारले भिसा लगायत अन्य सुविधाहरु दिइरहेको जानकारी पनि दिए । उनले विकासशील मुलुक नेपालमा अझै पनि कयौं चुनौतीहरु रहेको बताउंदै ब्रिटिश लगानीकर्ताहरुलाई सघाउन च्याम्बर संधै तयार रहेको जानकारी दिए ।
लिवरल डेमोक्रयाटस इन विजनेश सेक्टर्सका उपाध्यक्ष किसन देवानीले नेपाली जनता जस्तो इमान्दारी र आतिथ्य अन्यत्र कहीं नभएको अनुभव सुनाउंदै लगानी गर्न प्रेरित गरे । ब्रिटेन नेपाल च्याम्बर अफ कमर्शका कार्यकारी निर्देशक रिचार्ड पेलीले संस्थाले हालसम्म गरिरहेका गतिविधिबारे प्रष्ट पारेका थिए ।
कार्यक्रमको अन्त्यमा नेपाली मौलिक नृत्यहरु पनि प्रस्तुत गरिएका थिए । इकान्तिपुर
तस्विरहरु- शिव भण्डारी
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ