लण्डन – उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले लण्डनमा आयोजित विश्व महिला सांसद सम्मेलनलाई सम्बोधन गरेकी छन् ।
महिलाहरुलाई पनि मताधिकार प्रदान गरिएको १ सय वर्ष पुगेको सन्दर्भमा लन्डनमा भएको सम्मेलनमा उपसभामुख डा. तुम्बाहाङ्फेले बालिका शिक्षाबारे प्रवचन दिएकी हुन् । उनले कम विकसित मुलुकहरुमा सामाजिक साँस्कृतिक प्रचलन, धार्मिक विश्वास, शिक्षाको उपयोगिताप्रतिको अज्ञानता, लैंगिक विभेद र विद्यालयमा कमजोर भौतिक सुविधा बालिका शिक्षाका अवरोधहरु रहेको उल्लेख गरिन् ।
उपसभामुख डा. तुम्बाहाङ्फेले नेपालमा बालिका शिक्षालाई प्रवर्धन गर्न संवैधानिक र नीतिगत व्यवस्थाहरु मिलाइएको उल्लेख गरिन् । अनिवार्य र नि:शुल्क शिक्षालाई मौलिक हकमा नै राखिएको बताउँदै उनले यसले विद्यालय जानबाट रोकिएका कयौं बालबालिकाले शिक्षाको उज्यालो पाएको बताइन् ।
सबै तहका जनप्रतिनिधिहरुले कम्तिमा एकजना गरिव, पिछडिएको, दलित र बहिष्करणमा परेका बालबालिकालाई आधारभूत तहसम्म शिक्षाको दायित्व बहन गर्ने अभियानले धेरै बालबालिका विद्यालयसम्म पुगेको उपसभामुखको भनाइ थियो ।
उनले महिला सांसदहरुको विश्व सम्मेलनले पनि विश्वभरका बालिकाहरुको शिक्षाका अवरोधकको निरक्यौल गर्दै साझा धारणा ल्याउनुपर्नेमा जोड दिएकी छन् ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे