लण्डन – उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले लण्डनमा आयोजित विश्व महिला सांसद सम्मेलनलाई सम्बोधन गरेकी छन् ।
महिलाहरुलाई पनि मताधिकार प्रदान गरिएको १ सय वर्ष पुगेको सन्दर्भमा लन्डनमा भएको सम्मेलनमा उपसभामुख डा. तुम्बाहाङ्फेले बालिका शिक्षाबारे प्रवचन दिएकी हुन् । उनले कम विकसित मुलुकहरुमा सामाजिक साँस्कृतिक प्रचलन, धार्मिक विश्वास, शिक्षाको उपयोगिताप्रतिको अज्ञानता, लैंगिक विभेद र विद्यालयमा कमजोर भौतिक सुविधा बालिका शिक्षाका अवरोधहरु रहेको उल्लेख गरिन् ।
उपसभामुख डा. तुम्बाहाङ्फेले नेपालमा बालिका शिक्षालाई प्रवर्धन गर्न संवैधानिक र नीतिगत व्यवस्थाहरु मिलाइएको उल्लेख गरिन् । अनिवार्य र नि:शुल्क शिक्षालाई मौलिक हकमा नै राखिएको बताउँदै उनले यसले विद्यालय जानबाट रोकिएका कयौं बालबालिकाले शिक्षाको उज्यालो पाएको बताइन् ।
सबै तहका जनप्रतिनिधिहरुले कम्तिमा एकजना गरिव, पिछडिएको, दलित र बहिष्करणमा परेका बालबालिकालाई आधारभूत तहसम्म शिक्षाको दायित्व बहन गर्ने अभियानले धेरै बालबालिका विद्यालयसम्म पुगेको उपसभामुखको भनाइ थियो ।
उनले महिला सांसदहरुको विश्व सम्मेलनले पनि विश्वभरका बालिकाहरुको शिक्षाका अवरोधकको निरक्यौल गर्दै साझा धारणा ल्याउनुपर्नेमा जोड दिएकी छन् ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा