लण्डन । महान चाड दिपावलीको शुभ अवसरमा बेलायतका युवाहरूले देउसी भैलो कार्यक्रम गरेका छन् ।
नेप्लीज युथ एसोसिएसन युकेका सदस्यहरुले शुभकामना आदान प्रदान गर्दै युकेको डोभर र फोल्कस्टोनमा देउसी भैलो कार्यक्रम गरेका हुन् ।
नयाँ पुस्तालाई संस्कृति जोगाउन प्रोत्साहन गर्ने कार्यक्रमको मुख्य उदेस्य रहेको नेप्लीज युथ एसोसिएसन युके महिला संयोजक अमृता गिरी गजुरेलले बताइन् ।
कार्यक्रममा गिता बस्नेत पाण्डे, सुस्मीता थापा, अमृता गिरी गजुरेल, अन्जु श्रेष्ठ, खगेन्द्र थापा, किरण गुरूङ, नवीन थापा लगायत युवाहरूले बिभिन्न गीत/संगीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
देउसी भैलो कार्यक्रम सुरू गर्नु अगाडि नै प्रत्येक घरमा कार्यक्रम सम्वन्धी सूचना दिन ‘लिफ्लेट’ बांडिएको थियो ।
कार्यक्रममा नेपालीपन झल्कने गरी युवाहरूले दिपावलीको मौलिक परम्परा अनुसार देउसी भैलेनी गीत गाउँदै विभिन्न नृत्य प्रस्तुत गरे ।
कार्यक्रमको समग्र नेतृत्व संयोजक अन्जु श्रेष्ठले गरेकी थिइन् ।
नेप्लीज युथ एसोसिएसन युकेका अध्यक्ष धिरज राईले कार्यक्रम महत्वपूर्ण र मनोरन्जनात्मक रहेको भन्दै आगामी वर्षमा पनि निरन्तरता दिन अनुरोध गरेका छन् ।
नेपाली मौलिक कला संस्कृति जोगाउन युवाहरूलाई यस्ता कार्यक्रमहरू गर्न सबैले साथ र सहयोग गर्नुपर्ने एनआरएनए युके उपाध्यक्ष तथा नेप्लीज युथ एसोसिएसन युकेका वरिष्ठ सल्लाहकार प्रेम गाहामगरले बताए ।
३०० वर्ष पुरानो भायलिन प्रदर्शन हुँदै बेलायतको सङ्गीत महोत्सवमा
युद्ध साहित्य पुरस्कार २०८२ विरहीका ‘बारुदले कोरेका अक्षरहरु’ लाई प्रदान गरिने
नेपालमा प्राणघातक रोग रुबेला उन्मूलन भएको विश्व स्वास्थ्य सङ्गठनको घोषणा
बेलायतमा मनाइयो ‘लन्डन इन्द्र जात्रा’
र्यापमा रमाउँदै नयाँ पुस्ता : ‘र्यापले नचाउँछ, विद्रोहको भाव जगाउँछ’
बीसीसी यूकेले गर्यो कुलमान घिसिङलाई स्वागत तथा सम्मान
युद्ध साहित्य पुरस्कार २०८२ विरहीका ‘बारुदले कोरेका अक्षरहरु’ लाई प्रदान गरिने
एनआरएनए यूकेका दुई समूहले गरे कुलमान घिसिङसँग छुट्टाछुट्टै ‘मिट एन्ड ग्रिट’कार्यक्रम
एक लाख १० हजार धरौटीमा छुटे चक्रे मिलन
बेलायती सांसद एलेक्स बेकरसँग कुमाल घिसिङको भेटवार्ता