बेलायतमा कागज (आवासीय अधिकार) भएपछि नेपाल फर्कनु हुन्न भन्ने पुरानो मानसिकता फेरिएको छ । जहां जे काम गरेपनि हुन्छ भन्ने विचार विकास हुन थालेको छ । यसले गर्दा जन्मभूमिमा विस्तारै विकासको विचार जनस्तरबाट पनि जान थालेको छ । यस्ता कामलाई हामीले सामूहिक ढंगले लग्न सकेमा अझ स्तरीय र प्रभावकारी हुन्छ जस्तो लाग्छ । एनआरएनएले जन्मभूमिको विकासका लागि झिल्कोको काम गर्नु पर्छ । जसरी डढेंलो लाग्न एक झिल्को आगो भए पुग्छ, त्यस्तै नेपालको विकासका लागि एनआरएनले झिल्कोको भूमिका निर्वाह गर्नुपर्छ ।
धनीको मात्र क्लव होइन
एनआरएनए अहिले ७८ देशमा फैलिएको छ । जहां जहां नेपाली छन् त्यहां त्यहां एनआरएनए छ भन्दा फरक नपर्ला । नेपाल सरकारको
राजदूतावास नभएको ठाउंमा पनि एनआरएनए गठन भएको छ । मानिसहरुमा एउटा छाप छ कि एनआरएनए संस्था भनेको धनीहरुको क्लव हो । त्यो विल्कुल गलत कुरा हो । म त्यो बुझाइलाई पूर्णत अस्वीकार गर्छु । मेरो बुझाइमा एनआरएनए प्रवासमा रहेका सबै नेपालीहरुको साझा संस्था हो चाहे उनीहरु धनी हुन् वा गरिब । जसको उहारहण म आफैं हुं । म एक साधारण जागिर खाने मान्छे हुं । मैले व्रिटिश आर्मीमा जागिर खाएर रिटायर्ड भएं । अहिले दैनिक जीविकोपार्जनका लागि अर्को जागिर गर्छु । यसो भनिरहंदा म धनाढ्यहरुको विरोधी भने हुंदै होइन । समाजलाई सहजीकरण गर्न वा जुनसुकै कामको लागि आर्थिक आवश्यकता पर्दछ । यो संस्थामा पनि धनाढ्य व्यक्तिहरुको अवश्य जरुरत छ । अर्कोतर्फ समाज सेवाको भावना र भिजन भएका मानिसहरु पनि चाहिन्छ । एनआरएनए जस्तो संस्था हांक्न सबै खालको मानिसको सहभागिताले मात्र संस्थालाई जीवन्त बनाई उचाईमा पुरयाउन सक्छ भन्ने मेरो ठहर छ ।
(अध्यक्ष, गैर आवासीय नेपाली संघ बेलायत)
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग