लण्डन । गत शनिबार वेम्बली इलिंग रोड मन्दिरको सभाकक्षमा पाशुपत सिद्ध महायोग सम्बन्धी आध्यात्मिक कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो ।
पूर्वीय दर्शन अन्तर्गत षड्दर्शन मध्येको एक महत्वपूर्ण योग दर्शन अन्तर्गत पाशुपत सिद्ध महायोगका सैद्धान्तिक पक्षलाई प्रस्ट पार्ने उद्देश्यले हाल बेलायत भ्रमणमा रहनु भएका महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान र जगद्गुरु रामानन्दाचार्य सेवापीठ नेपालका वरिष्ठ उपाध्यक्ष गोबिन्दबाबु तिवारीले अत्यन्तै भावपूर्ण र सौहार्द्र वातावरणमा भजन किर्तन सहित महायोगी साधना पद्तिबारे जानकारी दिनुभएको थियो ।
“समाधिसिद्ध गुरुले निश्रृत गरेको गुरुकृपाको अनमोल उपहारबाट हाम्रो आफ्नै शरीरमा उर्ध्वरित हुने कुण्डलिनी शक्तिले हाम्रा लागि हाम्रो संस्कार भित्रका दु:ख, रोग, कष्टजस्ता अनेक समस्याहरुको नाश गरी यो पाशुपत सिद्ध महायोग साधनाले हामीभित्र शारीरिक, मानसिक र आध्यात्मिक सुखको अनुभूति प्राप्त गराउने सामर्थ्य राख्दछ,” तिवारीले भन्नुभयो ।
महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान युकेद्वारा आयोजित उक्त सत्संग कार्यक्रममा लन्डन र आसपासका वेम्बली, ह्यारो, ग्रीनफोर्ड, प्लम्स्टेड, डार्टफोर्डबाट करीब पचासजना महानुभावहरुको सहभागिता थियो ।
कार्यक्रममा पुराना र नयाँ साधक जिज्ञासुहरु तथा समाजका विभिन्न पेशा, क्षेत्र र संघसंस्थामा आबद्ध दाजुभाइ दिदीबहिनीहरुले उपस्थिति जनाएका थिए ।
क्यानाडामा रहनु हुने डा. गोविन्द दाहालले बेलायतमा रहनु भएका दाजुभाइ दिदीबहिनीहरुलाई यो साधना सिकाउन शुरु गर्नुभएको थियो । विगत १६ महिना यता आयोजित तीन दिने साधना शिविरहरुमा नेपाली मात्र हैन, ब्रिटिश नागरिकहरुले पनि भागलिंदै आएका छन् ।
गोविन्द घिमिरे, शारदा काफ्ले, समुन्द्र भट्ट, सुनिता गौतम, दिपु भुर्त्याल, रजनी सिम्खडा, बासु लामिछाने लगायत अन्य शुभचिन्तकहरुको सहयोगमा यस किसिमका कार्यक्रमहरुको आयोजना र सन्चालन हुँदै आएको छ |
यी शिविरहरुले विदेशमा बस्ने सैयौं नेपाली तथा विदेशीहरुलाई पूर्वीय सनातन धर्म, संस्कार र संस्कृतिबारे जानकारी दिन सहयोग पुगेको छ । साथै यस साधनाबाट छोटो अवधिमा नै साधक-साधिकाहरुले शारीरिक् एवम् मानसिक रुपमा प्रत्यक्ष लाभ प्राप्त गर्न सकेको जनाएका छन्।
आउँदो फेब्रुअरी १० देखि २० तारिखसम्म
नेपालको चतराधाममा अति दुर्लभ श्रीराम तारक ब्रह्म यज्ञ आयोजना गर्न लागिएको पनि प्रतिष्ठानले जनाएको छ।
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने